काठमाण्डौ । बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बिहीबार नेप्से परिसूचकमा झिनो करेक्सन भएको छ ।
बजार बढेको मौका छोपी प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीका कारण नेप्से परिसूचक ०.६४ अंकले घटेको हो ।
यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । कारोबार रकम घटेर ४२ करोड ३४ लाखमा सीमित हुन पुगेको हो ।
यो दिन बजारमा बैंकिंग समूह ०.९५ अंकले बढेको छ भने बित्त समूहमा ०.५१ अंक, निर्जीवन बिमा समूहमा १.०५ अंक र उत्पादनमूलकमा ६.०५ अंकको बढोत्तरी भएको छ ।
बाँकी समूह घटेका छन् । होटल समूह २३.४८ अंकले घटेको छ भने विकास बैंक समूह ४.५९ अंक, जलविद्युत समूह ०.८३ अंक, जीवन बिमा समूह २०.०८ अंक, माइक्रोफाइनान्स समूह ८.७७ अंक र अन्य समूह ०.३४ अंकले घटेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका १७ लाख ६९ हजार ७०० कित्ता सेयर ४२ करोड ३४ लाख ९२ हजार ६६३ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी एनआइसी एशिया बैंकले ४ करोड ७१ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले २ करोड ५० लाख बढीको कारोबार गरेको यो दिन सिभिल बैंकले २ करोड ४ लाख, नेपाल बैंकले १ करोड ८१ लाख, माछापुच्छ्रे बैंकले १ करोड ४९ लाख, जनता बैंकले पनि १ करोड ४९ लाख, एनएमबी बैंकले १ करोड २६ लाख, एभरेष्ट बैंकले १ करोड १५ लाख, शिवम सिमेन्ट्सले १ करोड ७ लाख र अपर तामाकोशीले पनि १ करोड ७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५.१९ प्रतिशतले बढ्यो ।
यो दिन पनि युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयरमूल्यमा आज पनि नेगेटिभ सर्किट लाग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19