काठमाण्डौ । सेयर बजार ओरालो लाग्न थालेको छ। केही दिनको करेक्सनपछि बजार पुनः बढ्न थाल्ने अपेक्षाविपरीत बजारमा पुनः सर्टटर्म कारोबारी हाबी भएका हुन् । उनीहरुले एक दुई बजार नबढ्दै प्रफिट बुकतर्फ लाग्दा बजारमा पुनः ओरालो यात्रा सुरु भएको हो ।
यहीकारण नेप्से परिसूचक बुधबार ३.६८ अंकले घटी १२९७.६० को विन्दूमा सीमित हुन पुगेको छ।
नेप्से परिसूचक १३०० विन्दू तल ओर्लदा कारोबार रकम घटेर ५० करोड ७९ लाखमा सीमित बन्न पुगेको छ ।
नेप्से परिसूचक र कारोबार रकम एकैसाथ घट्दै जानु बजारको भविष्यका लागि राम्रो संकेत होइन । यस्तो बेलामा बजार जता पनि मोडिनसक्ने भन्दै जानकारहरुले सचेत भएर लगानीको निर्णय लिनुपर्ने बताएका छन् । तर, एकदिनको बजार घटाईबाटै धेरै अत्तालिइहाल्नुपर्ने अवस्था भने नहुने उनीहरु बताउँछन् ।
केही विज्ञहरुले भने बजारमा पछिल्लो समय ठूला लगानीकर्ताहरुले कम्पनीपिच्छे नै खेलिरहेका र यस्तो बेलामा साना लगानीकर्ता डूब्नसक्ने वा उनीहरुको चंगुलमा फस्नसक्ने संभावना रहेकोले हल्लाकै पछि दौडिएर खरीद वा बिक्री सम्बन्धी निर्णय लिन नहुने सुझाएका छन् ।
यो दिन बजारमा सेन्सेटिभ इण्डेक्स १.१७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४ अंकको गिरावट आएको छ ।
ट्रेडिङ समूह २.७ अंकले बढेको यो दिन उत्पादनमूलक समूहमा ६९.२२ अंकको उछाल आएको छ । यस्तै, अन्य समूह ३.५८ अंकको बढोत्तरी भएको छ भने अन्य सबै समूहको उपसूचकमा रातो पोतिएको छ ।
बैंकिङ समूह ५.८३ अंकले घटेको यो दिन विकास बैंक समूह ७.४१ अंक, होटल समूह ३२.९९ अंक, जलविद्युत समूह १७.२ अंक, बित्त समूह १.८१ अंक, निर्जीवन बिमा समूह १४.६५ अंक, जीवन बिमा समूह ०.१८ अंक र माइक्रोफाइनान्स समूह ४.९५ अंकले घटेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७५ कम्पनीका १९ लाख ७ हजार ७८३ कित्ता सेयर ५० करोड ७९ लाख ३४ हजार ९१९ रुपैयाँमा किनबेच भएको छ ।
सिभिल बैंकले सबैभन्दा बढी ५ करोड ५३ लाख बढीको कारोबार गरेको छ भने मेगा बैंकले ४ करोड ९६ लाख, शिवम् सिमेन्टले ४ करोड १२ लाख, नागरिक लगानीकोषले ३ करोड १ लाख, एनसीसी बैंकले २ करोड २० लाख, कृषि विकास बैंकले १ करोड ३५ लाख, एनएमबी बैंकले १ करोड ९ लाख, एलआइसी नेपालले १ करोड ३ लाख, प्राइम कमर्सियल बैंकले ९९ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ९७ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मंगलबार झै हिमालयन डिस्टीलरीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ। नवील इक्वीटी फण्डका इकाइधनीले ५ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् ।
यो दिन मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.५५ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19