काठमाण्डौ । मंगलबार बजार बढेको छ । यो दिन नेप्से परिसूचक २.५३ अंकले बढेर १३०५.४९ को विन्दूमा फर्किएको हो
उत्पादन तथा प्रशोधन समूह, बैंकिङ, विकास बैंक लगायतका समूहका कारण बजारमा झिनो बढोत्तरी भएको हो ।
नेप्से परिसूचकमा झिनो बढोत्तरी भए पनि कारोबार रकममा पनि उत्साहजनक प्रगति हुन सकेको छैन ।
बजारका अधिकांश लगानीकर्ता बजेटको प्रतिक्षामा बस्दा समेत बजारमा अपेक्षित चमक आउन नसकेको विश्लेषकहरु बताउँछन् । बजेटले सेयर कारोबारमा लाग्ने करको अन्यौलपूर्ण व्यवस्थाको विषयमा कस्तो व्यवस्था ल्याउँछ भन्ने विषयप्रति लगानीकर्ता व्यग्र प्रतिक्षामा देखिएका छन् । यही प्रतिक्षाका कारण बजार स्थिर नै देखिइरहेको छ ।
यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा सामान्य खरीद चाप बढेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१ अंकको झिनो बढोत्तरी देखियो ।
यो दिन शिवम सिमेन्टको मूल्यमा भारी वृद्धि भएका कारण उत्पादन तथा प्रशोधन समूहमा ७६.९४ अंकको बढोत्तरी भयो । विकास बैंक समूह १७.७६ अंकको बढोत्तरी भएको यो दिन बैंकिङ समूह १.७९ अंक, जलविद्युत समूह १.६१ अंक, बित्त समूह ३.३४ अंक र म्युचुअल फण्ड समूह ०.१७ अंकले बढे ।
होटल समूह १६.११ अंकले घटेको यो दिन निर्जीवन बिमा समूह ३३.४७ अंक, जीवन बिमा समूह ३.२८ अंक, माइक्रोफाइनान्स समूह ०.६८ अंक र अन्य समूह १.३५ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६४ कम्पनीका २४ लाख १२ हजार ९६२ कित्ता सेयर ७५ करोड ६८ लाख ९१ हजार ६१३ रुपैयाँमा किनबेच भयो । दुई कम्पनीले मात्र यो दिन साढे ३२ करोड बढीको कारोबार गरे ।
सबैभन्दा बढी शिवम सिमेन्टले १६ करोड ४४ लाख बढीको कारोबार गर्यो । प्रभू बैंकको १६ करोड १६ लाख बढीको कारोबार भएको छ । बैंकले ६.३१ प्रतिशत संस्थापक शेयर अर्थात ५६ लाख ११ हजार २७१ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण गरेको थियो । यसरी रुपान्तरण भएको शेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि नाफा उठाउने क्रम बढ्दा बैंकको अधिक शेयर कारोबार भएको हो ।
यो दिन नेपाल बैंकले ५ करोड ९८ लाख बढीको कारोबार गरेको छ भने अपर तामाकोशीले ३ करोड ८ लाख, ज्योति विकास बैंकले २ करोड ६२ लाख, एलआइसी नेपालले १ करोड ७७ लाख, एनसीसी बैंकले १ करोड २३ लाख, नेपाल टेलिकमले १ करोड २२ लाख, जनता बैंक नेपालले १ करोड १८ लाख र सिभिल बैंकले १ करोड ४ लाख बढीको कारोबार गरेको छ ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ज्योति विकास बैंकको सेयरमा पोजिटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १६५ रुपैयाँको उचाईमा पुगेको हो ।
रिलायन्स फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ । यस्तै, शिवम सिमेन्ट र स्पर्श लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भएको छ ।
यो दिन माउण्टेन हाइड्रो र जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै घट्यो । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ६.६६ र ६.३० प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago