काठमाण्डौ । साताको अन्तिम दिनको बजार घटेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक २.३७ अंकले करेक्सन भई १२७१.४९ को विन्दूमा सीमित बन्न पुगेको छ ।
यो दिन कारोबार रकम ४१ करोड १३ लाख पुगेको छ ।
यो दिन बजारका विभिन्न समूहका उपसूचकमा मिश्रित अवस्था देखिएको छ । जसअनुसार ८ वटा समूहका सूचकमा गिरावट आएको छ भने तीन समूहको सूचकमा सामान्य बढोत्तरी भएको छ ।
बैंकिङ समूह १.३५ अंकले घटेको यो दिन विकास बैंक समूहमा ४.३६ अंक, होटल समूहमा २५.८८ अंक, जलविद्युत समूहमा ७.५८ अंक, निर्जीवन बिमा समूहमा २१ अंक, जीवन बिमा समूहमा २७.६७ अंक, म्युचुअल फण्ड समूहमा ०.०१ अंक र अन्य समूहमा ०.७४ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५८ कम्पनीका १२ लाख ५० हजार ७०८ कित्ता सेयर ४१ करोड १३ लाख ६९ हजार २९९ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन छिमेक लघुवित्त विकास बैंक लिमीटेडको ५ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।
शिवम सिमेन्टले २ करोड ६१ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४५ लाख, नेपाल बैंकले २ करोड २८ लाख, प्रभू बैंकले १ करोड ७९ लाख, एनआइसी एशियाले १ करोड ३० लाख, सिभिल बैंकले १ करोड २९ लाख, नवील बैंकले १ करोड २४ लाख, मेगा बैंकले १ करोड १९ लाख र अपर तामाकोशीले १ करोड १५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका सेयरधनीले यो दिन धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा ९.२४ प्रतिशतको बढोत्तरी भयो ।
यो दिन मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19