काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको ५९ लाख भन्दा बढी कित्ता सेयर र एक म्युचुअल फण्डको १२ करोड इकाई सूचिकृत भएको छ । 

सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता बोनस सेयर र सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६.५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 

यसैगरी, सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा संचालित पछिल्लो म्युचुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का १२ करोड इकाई समेत कारोबारका लागि नेप्सेमा सूचिकृत भएका छन् ।