काठमाण्डौ । बजारले यो साताको सुखद ओपनिङ गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आएको छ भने कारोबार रकम पनि बढेर २ अर्ब नजिक पुगेको छ ।
बजार परिसूचक र कारोबार रकममा समानान्तर वृद्धि हुनु सुखद भविष्यको संकेत हुने विश्लेषकहरु बताउने गर्छन् । पछिल्ला केही दिनको बजारको प्रवृति हेर्ने हो भने यस्तै संकेतहरु बजारले छाडेको प्रष्ट हुन्छ । विश्लेषकहरुको दाबीलाई आधार मान्ने हो भने र बजारको पछिल्लो प्रवृतिको अध्ययन गर्ने हो भने बजार अझै बलियो बन्ने र बढेर केही माथिसम्म पुग्ने अवस्था देखिन्छ ।
बजारमा उछाल आएसँगै केही चुनिएका कम्पनीका सेयरमा तीव्र चलखेल भइरहेको समेत देखिएको छ । जस्तो, एचडिएल, शिवम्, सीआइटी जस्ता कम्पनीको सेयरलाई खेलाडीहरुले चाहेअनुसार घटबढ गराइरहेका भेटिएको छ । यी कम्पनीका लगानी गर्नेहरुले मूल्य बढाउने खेलका कारण आएको तरङ्गलाई समात्न जान्दा केही दिनमै मालामाल बन्ने सुअवसर पनि पाएका छन् ।
योसँगै बजारमा जीवन बिमा र निर्जीवन बिमा कम्पनीमा लगानी गर्नेहरुले समेत छोटो समयमै कुस्त कमाएका छन् । यो दिन पनि बिमा कम्पनीका लगानीकर्ता मालामाल बने ।
यो दिन नेप्से परिसूचक १९.३९ अंकले बढेर १३६३.९७ को उचाईमा पुग्यो भने कारोबार रकम बढेर १ अर्ब ९७ करोड माथि पुग्यो ।
राम्रा र बलिया कम्पनीमा ह्वात्तै खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.५८ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३ अंकको बढोत्तरी देखियो ।
यो दिन बित्त कम्पनीमा ३.३४ अंक, अन्य समूहमा २.६८ अंक र म्युचुअल फण्ड समूहमा ०.०६ अंकको गिरावट आयो । बाँकी सबै समूहको सूचक चम्किए ।
जीवन बिमा समूहको सूचक ३९८.६९ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ४१६.७९ अंकको उछाल आयो ।
माइक्रोफाइनान्स समूहको सूचक ५७.८१ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ५३.९४ अंक, होटल समूहमा ६.९५ अंक, बैंकिङ समूहमा ५.१५ अंक, व्यापार समूहमा ११.०२ र विकास बैंक समूहमा ४.५४ अंकको बढोत्तरी भयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका ४१ लाख ५ हजार १३४ कित्ता सेयर १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७०१ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी हिमालयन डिस्टीलरी(एचडिएल)ले १८ करोड बढीको कारोबार गर्यो ।
शिवम सिमेन्टले १३ करोड बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ४७ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ६ करोड ९६ लाख, शिखर इन्स्योरेन्सले ६ करोड ७८ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड ७७ लाख, नेको इन्स्योरेन्सले ५ करोड ६८ लाख, नेशनल इन्स्योेरेन्सले ४ करोड ९५ लाख, एशियन लाइफ इन्स्योरेन्सले ४ करोड ७९ लाख र नागरिक लगानी कोषले ४ करोड ३८ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्न पुग्यो।
राधी विद्युत कम्पनीको सेयर मूल्य ९.४९, एनएलजी इन्स्योरेन्सको ९.४६, ङादी ग्रुप पावर लिमीटेडको ९.२४, नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको ९.२३, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको साधारण सेयरको ९.१० तथा संस्थापक सेयरको मूल्य ८.८१ प्रतिशतले बढ्यो ।
धेरै मूल्य बढ्ने प्रमुख १० कम्पनीको सूचिमा बिमा कम्पनीहरुले राज गरे ।
यो दिन नवील ब्यालेन्स फण्ड २ का इकाईधनीले धेरै गुमाए । यो कम्पनीको इकाई मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19