काठमाण्डौ । लगातार बढिरहेको बजारमा बुधबार करेक्सन भएको छ । यो दिन नेप्से परिसूचकमा १०.१३ अंकको करेक्सन भई १३२६.५३ को विन्दूमा सीमित भयो ।
आइतबारदेखि लगातार मंगलबारसम्म बढेको बजारमा प्रफिट बुक गर्ने हतारोका कारण बिक्रीमा चाप बढ्दा नेप्सेमा दोहोरो अंकको करेक्सन आएको हो ।
बजारमा करेक्सन आए पनि कारोबार रकम भने १ अर्ब माथि रहेको छ । यसले आगामी दिनमा बजारमा सानोतिनो करेक्सन आए पनि बजारको ट्रेण्ड बुलिस नै रहने संकेत गर्ने जानकार बताउँछन् ।
आज बजार खुलेको केही मिनेटसम्म बढे पनि १४ मिनेटपछि भने घट्न थालेको थियो । ११ः३४ मा नेप्से परिसूचक घटेर १३१९ मा पुगेको थियो । ११ः४९ देखि बढ्न थालेको बजार १२ः२६ मा १३४३ को विन्दूसम्म पुगेको थियो ।
त्यसपछि फेरि घट्न थालेको बजार १ः४७ बजे पुनः १३१९ कै विन्दूमा सीमित हुन पुगेको थियो । फेरि केही अंक बढेको बजार बन्द हुँदा १३२६ मा सीमित बन्न पुगेको हो ।
पछिल्लो समय बैंकिंग प्रणालीमा अधिक तरलता छ । अधिक तरलताका कारण बैंकहरुको ब्याजदर घटेर धमाधम एकल विन्दूमा आइरहेको छ ।
बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने गरी अर्थ समितिबाट गठित उपसमितिले प्रतिवेदन बुझाइसकेको छ । सो उपसमितिले दिएको प्रतिवेदनमा मुद्रा तथा पूँजीबजारको आमूल सुधारका लागि राम्रा व्यवस्था कार्यान्वयनको सिफारिसहरु भएका छन् । यसले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ ।
आगामी मौद्रिक नीतिले पनि बजारको कतिपय समस्या समाधान गर्ने वा माग सम्बोधन गर्ने अपेक्षाका कारण समेत लगानीकर्ताको मनोबल अझ बढेको देखिन्छ । यसले समेत बजारलाई सवल बनाइरहेको विश्लेषकहरु बताउँछन् ।
यो दिन राम्रा तथा बलिया कम्पनीमा प्रफिट बुक गर्ने लहर देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.६४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.७८ अंकले घट्यो ।
आज नेप्सेमा रहेका १२ उपसमूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। यो दिन व्यापार समूहमा १५.३१ अंकको उछाल आएको छ भने म्युचुअल फन्ड समूहमा ०.१ अंकको वृद्धि भएको छ ।
आजको दिन सबैभन्दा धेरै जीवन बीमा समूहमा ६०.२९ अंकको गिरावट देखियो । यस्तै बैंकिङ समूहमा १०.७९ अंक, होटेल्स समूहमा ४२.४२ अंक, विकास बैंक समूहमा ७.०१ अंक, जलविद्युत् समूहमा ८.६८ अंक, वित्त समूहमा १.७८ अंक, निर्जीवन बीमा समूहमा ३०.१३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३.०८ अंक, अन्य समूहमा २.८ अंक र लघुवित्त समूहमा १०.१३ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँमा कारोबार भयो ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र २५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भयो ।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले ७ करोड १४ लाख रुपैयाँ, प्रभु बैंकको संस्थापक सेयरले ६ करोड ३१ लाख रुपैयाँ, एनएमबी बैंकले ४ करोड ४४ लाख रुपैयाँ, छिमेक लघुवित्तले ३ करोड ९१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ३ करोड २४ लाख रुपैयाँ, साना किसान लघुवित्तले २ करोड ५८ लाख रुपैयाँ, शिवम सिमेन्टले २ करोड ५० लाख रुपैयाँ, नबिल बैंकले २ करोड २२ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार गरे।
धेरै कमाउने र गुमाउनेहरु
आजको दिन सूर्योदय लघुवित्तका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो ।
यो दिन तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो होटेलको सेयरमूल्य झन्डै ७ प्रतिशत घट्यो।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago