काठमाण्डौ । दुुई दिनको सर्किट ब्रेकरपछि सोमबार घटेको बजारमा मंगलबारदेखि सेयर किन्ने र बिक्री गर्नेबीच कडा टक्कर देखिएको छ । क्रेता र विक्रेताबीच बजारमा घम्साघम्सी चल्दा मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आई स्थिर बनेको छ । बजारमा १० अंकसम्मको गिरावटलाई स्वभाविक मानिन्छ । यो हिसाबले मंगलबारको ३.५ अंकको गिरावट ठूलो होइन । न्यून गिरावट र कारोबार रकम भने १ अर्ब ६३ करोड माथि हुुनुुले समेत मंगलबारदेखि सेयर किन्ने र बिक्री गर्नेबीच कडै टक्कर सुरु भएको देखिन्छ ।
बजारमा उछाल आउन थालेपछि जसरी सेयर खरीद गर्नेहरुको चाप छ, सोमबार अन्तिम अवस्थादेखि मंगलबारसम्म आइपुुग्दा बिक्री गर्नेहरुको संख्या समेत बढिरहेको छ । तर, बिक्री गर्नेहरु खरीद गर्नेहरुको सामुन्ने लामो समयसम्म टिक्ने अवस्था भने नरहेको विश्लेषकहरु बताउँछन् ।
मंगलबार होटल समूह अनपेक्षित रुपमा चम्कियो भने बिमा समूह र बित्त समूहमा सामान्य वृद्धि देखियो । होटल समूह ७४.९५ अंकले बढ्दा बिमा र बित्त समूह क्रमशः ११.२३ र २.३८ अंकले बढे । अन्य समूह घटे पनि गिरावट सामान्य अंकमा मात्र सीमित रहन पुुग्यो । वाणिज्य बैंक समूह ४.२३, विकास बैंक समूह ३.७२, जलविद्युत ३३.०६ र अन्य समूह ६.०७ अंकले घटे ।
''क'' वर्गका कम्पनीप्रतिको आकर्षक केही घट्दा सेन्सेटिभ इण्डेक्स १.०१ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.२७ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १४४ कम्पनीका २७ लाख १७ हजार ८ सय ३ कित्ता सेयर १ अर्ब ६३ करोड १९ लाख ५१ हजार ६ सय ९४ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल बैंक लिमीटेडको १२ करोड ८५ लाख बढीको सेयर किनबेच भयो । यस्तै, एनसीसी बैंकले ६ करोड ७३ लाख, गुराँस लाइफ इन्स्योरेन्सले ६ करोड ६० लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ५ करोड ८४ लाख बढीको कारोबार गरे । यस्तै, प्रभूू बैंकले ५ करोड ३३ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ५ करोड १९ लाख, सनराइज बैंकले ४ करोड ६५ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनी र ४ स्थान वाणिज्य बैंकले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
स्थिर बजारमा २ कम्पनीका लगानीकर्ता मालामाल भए । गोर्खाज फाइनान्स र राष्टिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्यमा क्रमशः ९.४५ र ९.०१ प्रतिशतले वृद्धि भयो । यस्तै, सिर्जना फाइनान्सको सेयर मूल्य ८ प्रतिशत र सनराइज बैंकको मूल्य ७.०९ प्रतिशतले वृद्धि भयो ।
यस्तै, मंगलबारको बजारमा यूनाइटेड फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्यमा करिब ८ प्रतिशतको हाराहारीमा घट्यो । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ७.३४ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago