काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा आज मंगलबार झिनो अंकका गिरावट आएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँमा खुम्चिएको छ।
यो साता कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४.४७ अंकको गिरावटका १५३६.०३ अंकमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५९ अंकको गिरावटका साथ ३०४.६५ को विन्दुमासीमित बनेको छ।
आजको गिरावटलाई मार्केटको करेक्सन भएको स्टक ब्रोकरहरु दाबी गर्छन्। हिजोदेखि लगानीकर्ताहरु प्रफिट बुक गर्नतिर लाग्दा पनि आज बजार करेक्सन मोडमा गएको उनीहरुको तर्क छ।
नेप्से परिसूचक १४७० बाट बढेर १५०० पार गर्दै हाल १५५० को विन्दुमा निकै संघर्ष गरिरहेको विश्लेषकहरुको भनाइ छ। नेप्से परिसूचक १५५० विन्दुसम्मको यात्रापछि बजार केही अंक ब्याक हुने अनुमानका आधारमा समेत लगानीकर्ताहरु अहिले पर्ख र हेरको रणनीतिमा रहेको विश्लेषकहरुको दाबीसमेत छ।
परिसूचक १५५० विन्दुमा करेक्सनको मनोविज्ञानले समेत आम लगानीकर्तामा सेयर लगानीप्रति मनोविज्ञान प्रभावित बनिरहेका कारणसमेत आज कारोबार संख्या साढे २३ हजार हाराहारी हुनु र कारोबार रकमसमेत २ अर्बनजिक हुुुनुुले पुष्टि गर्दछ। बजारले करेक्सन लिएर परिसूचक उकालो लाग्दै गरेपछि मात्र लगानी बढाउने मनोविज्ञान हावी रहेको बताइन्छ।
आज नेप्सेमा सूचीकृतमध्ये ४५ कम्पनीका सेयरमूल्य उकाला लाग्यो भने ११५ कम्पनीका सेयरमूल्य गिरावटको सामना गर्नुपर्यो। ९ कम्पनीका सेयरमूल्य भने स्थिर रहेको थियो।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी १७.३३ अंकको उछाल आयो। होटेल्स् समूहमा ९.२४ अंकको बढोत्तरी भएको यो दिन म्युचुअल फन्ड समूहमा ०.०४ अंकले वृद्धि भयो।
आज विकास बैंक समूहमा सबैभन्दा बढी १४.५५ अंकको गिरावट आयो। व्यापार समूहमा १३.७५ अंकले घटेको यो दिन बैंकिङ समूहमा ३ अंक, जलविद्युत् समूहमा ८.१६ अंक, वित्त समूहमा २.५ अंक, निर्जीवन बीमा समूहमा ३.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.४६ अंक, अन्य समूहमा ७.३९ अंक र लघुवित्त समूहमा ३.९९ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत १९१ कम्पनीका ५५ लाख ३५ हजार ९८९ कित्ता सेयर १ अर्ब ७४ करोड ७८ लाख ६६ हजार ८७ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ११ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भयो। कुमारी बैंकको ६ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ६ करोड २३ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ५ करोड ५५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७९ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ३ करोड ५३ लाख रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
आज युनियन हाइड्रोपावर र आँखुखोला जलविद्युतको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।
यो दिन माउन्टेन हाइड्रो नेपालको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago