काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी आज आइतबार बजारमा भीषण पहिरो गएको दिन आफ्नै रेकर्डब्रेक गर्दै फेरि उच्च कारोबार गर्ने कम्पनी बनेको छ। 

पुनर्बीमाको आज १ अर्ब १६ करोड ८ लाख ३१ हजार १५६ रुपैयाँबराबरको कारोबार भयो। यसअघि गत बिहीबार यो कम्पनीले १ अर्ब ११ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेर कीर्तिमान बनाएको थियो। आज आफ्नै त्यही कीर्तिमानलाई पुनर्बीमाले तोडेर नयाँ कीर्तिमान कायम गरेको हो। 
एकै दिन १ अर्ब बढीको कारोबार अहिले पुनर्बीमाबाहेक अन्य कम्पनीको भएको छैन। यो दिन पुनर्बीमा कम्पनीको ७ लाख १४ हजार ६११ कित्ता सेयर कारोबार भएको छ।

आज दोस्रो धेरै कारोबार गर्ने कम्पनीमा नेपाल लाइफको ४४ करोड ९० लाख रुपैयाँ र नेपाल टेलिकमको ३२ करोड १० लाख रुपैयाँ बढी रहेका छन्।