काठमाण्डौ । परिसूचक उकालो लाग्ने प्रयत्न गर्दागर्दै आज मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ।
नाफा बुक गर्ने र सस्ता मूल्यमा सेयर किन्न चाहनेहरुको होडबाजीका कारण मागभन्दा आपूर्ति बढी भएकाले आज बजार घट्न पुगेको हो। आज नेप्सेसँगै कारोबार रकमसमेत ह्वात्तै घटेर करिब पौने ६ अर्ब रुपैयाँमा सीमित भएको छ।
आज नेप्से परिसूचक ९.०४ अंकले घटेर १९९५.३५ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले ओरालो लागेर ३८०.१८ को विन्दुमा सीमित बनेको छ।
गत आइतबार नेप्सेमा १२३ अंकको गिरावटले लगानीकर्तामा भएको आत्मविश्वास र मनोबल ह्वात्तै घटेको र त्रासदी बढ्कै कारणसमेत परिसूचकमा उत्साह नआएको विश्लेषकहरु बताउँछन्। निरन्तर बढिरहेको बजारमा नाफा बुक गर्ने र घटेको मूल्यमा सेयर किन्नेको घम्साघम्सीमा बजारले झिनो करेक्सनको रुपमा लिएको विश्लेषकहरुको भनाइ छ।
नियमनकारी निकाय र लगानीकर्ता संघसंगठनहरुले सेयरबजारमा अधिक सक्रियता र चासो देखाइदिएकै कारणसमेत मनोबल ह्वात्तै घटेको ब्रोकरहरुको जिकिर छ। घट्दो बजारमा सस्तिएका सेयरहरु एकत्रित गर्न संस्थागत लगानीकर्ताको पछिल्लो समय सक्रियता बढिरहेको ब्रोकरहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ।
आज जलविद्युत् समूह सर्वाधिक ८३.८९ अंकले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.०९ अंकको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै १३१.७५ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह १२०.६६ अंकले घटेको आज बैंकिङ समूहमा ७.६९ अंक, व्यापार समूहमा ८६.४ अंक, होटेल्स् समूहमा ८.१२ अंक, विकास बैंक समूहमा ३१.८७ अंक, वित्त समूहमा १५.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०४.७६ अंक, अन्य समूहमा १८.५२ अंक र लघुवित्त समूहमा ३.७१ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २४ लाख ९० हजार ५६५ कित्ता सेयर ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको २५ करोड ८५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड ५ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १५ करोड ९१ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १४ करोड ८७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको १२ करोड ९० लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ५९ लाख रुपैयाँ र छिमेक लघुवित्तको १२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज चार कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नाराणयी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले र माथिल्ला तामाकोशी, रसुवागढी हाइड्रोपावर तथा सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो।
यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। विशाल बजार कम्पनीको सेयरमूल्यमा पनि आज ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19