काठमाण्डौ । किन्ने र बिक्री गर्नेको घम्साघम्सीबीच बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचकमा ०.५६ अंकको झिनो वृद्धि भएको हो । 

स्थिर बजारमा ५ समूहको परिसूचक हराभरा भएको छ भने तीन समूहको सूचकमा रातो पोतिएको छ । विभिन्न समूहहरुको वृद्धि र गिरावट पनि न्यून छ । यसले बजारमा क्रेता र विक्रेताको राम्रै प्रतिस्पर्धा चलिरहेको देखाउँछ । बिक्री गर्ने जति छन्, बजारमा सेयर किन्नेहरुको संख्या समेत कम नरहेको यसले देखाउने विश्लेषकहरु बताउँछन् । 

आइतबार वाणिज्य बैंक समूह १.४७ अंकले बढेको छ । यस्तै, विकास बैंक ६.३२, जलविद्युत ६.३१, बित्त समूह ५.४८ र अन्य समूह २.३२ अंकले बढेको छ । यस्तै, होटल समूह १९.५३, बिमा समूह ३७.१८ र उत्पादनमूलक ३८.९१ अंकले घटेको छ । ''क'' वर्गका कम्पनीको सेयरमा आकर्षण झिनो अंकले मात्र घटेको छ । यही कारण सेन्सेटिभ इण्डेक्स ०.१ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा पनि ०.०१ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ४१ कम्पनीका कुल १९ लाख २६ हजार २ सय ४० कित्ता सेयर १ अर्ब २१ करोड २६ लाख ५६ हजार ५ रुपैयाँमा कारोबार भयो । यो दिन सबैभन्दा धेरै नेपाल बैंकले १० करोड बढीको कारोबार गरेको छ । यस्तै, सूूर्य लाइफ इन्स्योरेन्सले ५ करोड ८४ लाख, एनसीसी बैंकले ५ करोड ४१ लाख, प्रभूू बैंकले ४ करोड ८५ लाख, एभरेष्ट बैंकले ४ करोड, यूनाइटेड इन्स्योरेन्सले ३ करोड ६७ लाख, सनराइज बैंकले ३ करोड २० लाख बढीको कारोबार गरेको छ । यस्तै, गरिमा विकास बैंकले ३ करोड ७ लाख, सानिमा बैंकले २ करोड ७३ लाख बढीको कारोबार गरेको छ । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, १ स्थान विकास बैंक र बाँकी तीन स्थान बिमा कम्पनीले ओगटेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार तीन कम्पनीले पैसा छापे । ग्रीन डेभलपमेन्ट बैंक, गुराँस फाइनान्स र सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ४.३२ प्रतिशतले घट्यो । यस्तै, रिलायन्स फाइनान्स र माउण्ट मकालुु डेभलपेमन्ट बैंकको सेयर मूल्य ३.८२ प्रतिशतले घट्यो ।