काठमाण्डौ । लगातार करेक्सन आइरहेको बजारमा आज बिहीबार हरियाली छाएको छ। 

धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक बजार खुलेको २ घन्टामै ७१.८१ अंकले बढिसकेको छ। अहिले परिसूचक २४८७.८१ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ११.६६ अंकले बढेर ४४८.४६ को विन्दुमा उक्लिएको छ। 

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका ८७ लाख ३ हजार ५९९ कित्ता सेयर २ अर्ब ९६ करोड ७ लाख ३० हजार ७८६ रुपैयाँमा कारोबार भइसकेको छ। अहिलेसम्म चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ। 

धेरै कमाउने १० कम्पनीहरुमा चन्द्रगिरी हिल्ससहित लघुवित्त र जलविद्युत् कम्पनीहरु नै छन्।