काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार ओरालो लागेको छ।
बजार आज ८.४८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८३४.५२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ०.३३ अंकले घटेर ५२८.४६ को विन्दुमा झरेको छ। कारोबार रकम घटेर ५ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार अहिले बजार घट्नुका मुख्य ३ वटा कारण रहेको बताउँछन्। ‘धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै निकालेको ५१ वटा कम्पनी सूची, स्वघोषित प्राविधिक विश्लेषकहरुले बजार घट्छ भनेर हल्ला चलाउनु र उच्च मूल्यमा सेयर बेचेकाहरु अहिले तत्काल बजार नपस्दा नै बजार घट्न पुगेको हो’, उनले भने, ‘नयाँ तथा सोझा लगानीकर्ताहरु बजार अब घट्छ भन्ने हल्लाकै भरमा डराएर सेयर बेच्नुले पनि बजार प्रभावित भएको छ।’
रौनियारले अहिले बजारको अवस्थालाई लिएर मतविभाजन अर्थात कसैले घट्छ र कसैले बढ्छ भन्दा आमलगानीकर्ताहरु द्विविधिमा परेको बताए। तर, अब केही समयमै लाभांश खाने समय आउने भएकोले नआत्तिकन बजारमा कारोबार गर्न रौनियारले सुझाव दिए। ‘अब एक स्टेप पछाडि र दुई स्टेप अगाडि बढ्ने निश्चित छ’, उनले भने, ‘चौथो त्रैमासको रिपोर्ट आएपछि बजार माथि नै जान्छ।’
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजारमा आर्थिक वर्षको अन्त्यको प्रभाव परेको बताउँछन्। ‘हरेक वर्ष असार महिनामा बजार प्रभावित हुने गरेको छ’, उनले भने, ‘अहिले पनि त्यही भएको हो।’
अहिले अल्पकालीन लगानीकर्ताहरुले धमाधम सेयर बेचेका कारण पनि बजार सामान्य प्रभावित भएको बिष्टको भनाइ छ। ‘यसलाई करेक्सन नै मान्नुपर्छ’, उनले भने।
बजार उच्च विन्दुमा पुगेका बेला प्रफिट बुक गरेर बसेका ठूला लगानीकर्ताहरु अहिले पर्ख र हेरेको अवस्थामा रहेको बिष्ट बताउँछन्। ‘उनीहरु अहिले मौद्रिक नीतिको प्रतीक्षामा बसेका छन्’, उनले भने, ‘मौद्रिक नीति बजारअनुकूल नै आउने भएकोले फेरि बजार उकालो लाग्ने नै छ।’
अहिलेको अवस्थामा राम्रा र बलिया कम्पनीको सेयरमा लगानी गर्दा उचित हुने बिष्टले सुझाव दिए।
आज नेप्से उपसमूह रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.४७ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.६९ प्रतिशतले बढेको आज म्युचुअल फन्ड समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.७६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.०४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.३५ प्रतिशत, जलविद्युत समूहमा ०.१३ प्रतिशत, लगानी समूहमा ०.३५ प्रतिशत, जीवन बीमा समूहमा ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४१ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८५ प्रतिशत र व्यापार समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६.९५ रुपैयाँ किनबेच भएका छन्।
यो दिन नेपाल इन्स्योरेन्सको सर्वाधिक २१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १९ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्ला तामाकोशीको १६ करोड २४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ६४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १३ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड १० लाख रुपैयाँ, ज्योति विकास बैंकको ११ करोड ९७ लाख रुपैयाँ, एचआईडीसीएलको ११ करोड ४४ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १० करोड १२ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ओरियन्टल होटेलका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन पोखरा फाइनान्स, गोखार्ज फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago