काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य वृद्धि भएको छ।
आज बजार ०.२३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१६०.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ अंकले बढेर ५९३.२८ को विन्दुमा झरेको छ। आज कारोबार रकम सवा १८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मेघनाथ निरौला बजारले अवश्य लय समात्ने बताउँछन्। ‘चौतर्फी रुपमा महौल बनेको छ, बजार अझै बढ्न बाँकी नै छ’, उनले भने, ‘बजार ४१०० को विन्दुसम्म पुग्न सक्छ।’
सेयर धितो कर्जाको सीमा व्यक्तिगतलाई मात्र भएको तर संस्थागतलाई नभएको निरौला बताउँछन्। ‘यो व्यवस्थाले बजार प्रभाव पार्छजस्तो मलाई लाग्दैन’, उनले भने, ‘त्यसैले यही कारणले बजार डाउन हुन्छ भनेर अहिले नै आत्तिनु वा डराउनुपर्ने अवस्था छैन।’
समग्रमा बजार सकारात्मक नै रहेको निरौलाको भनाइ छ। ‘आजको कारोबारले पनि यसलाई पुष्टि गरेको छ’, उनले भने।
बैंकको सेयर किन्ने अवसर अझै रहेको निरौलाले बताए। ‘बैंकको भाउ अवश्य बढ्छ’, उनले भने।
बजारमा अझै कमाउने अवसर रहेकोले सोचविचार गरेर राम्रा र बलिया कम्पनीमा लगानी गर्दा उपयुक्त हुने निरौलाको सुझाव छ।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि सेयर कर्जाको सीमाले बजार खासै प्रभावित नभएको र प्रभावित नहुने पनि बताए। ‘आजको कारोबारले बजार सकारात्मक नै रहेको स्पष्ट भएको छ’, उनले भने।
बजार अझै बढ्न बाँकी रहेकोले निर्धक्क भएर राम्रा र बलिया कम्पनी उठाउन न्यौपानेले सुझाव दिए। ‘अहिले हकप्रदको लहरले जलविद्युतमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ’, उनले भने, ‘विकास बैंक र फाइनान्समा पनि लगानीकर्ताहरु उत्तिकै झुम्मिएका छन्।’
बजारदर अझै बढ्ने सम्भावना नहुनु, तरलता सहज नै रहनुले बजार सकारात्मक नै रहने न्यौपाने बताउँछन्। ‘तत्काल ठूलो करेक्सनको सम्भावना छैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ५.१७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.८८ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ३.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२६ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.५३ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा १.४१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक ८६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको ६२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ६० करोड ३४ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ५५ करोड १९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४३ करोड ७० लाख रुपैयाँ, नेपाल बैंकको ४२ करोड ९२ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ३७ करोड ४१ लाख रुपैयाँ, नेसनल हाइड्रोको ३६ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३५ करोड १९ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको ३३ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १६ वटा कमपनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत, सीईडीबी हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रो र आरएसडीसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि द्धभएर पोजिटिभ सर्किट लागेको हो। यो दिन आईसीएफसी फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज माछापुच्छ्रे बैंक र प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago