काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ।
बजार आज २.७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८१९.६६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले बढेर ५३०.०२ को उचाइमा पुगेको छ। कारोबार रकम पौने ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बजारमा सुधारसँगै लगानीकर्ताहरु वाणिज्य बैंकतिर आकर्षित भएको बताउँछन्। ‘सानिमा र माछापुच्छ्रे बैंकले सन्तोषजनक लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु वाणिज्य बैंकतिर लागेका हुन्’, उनले भने, ‘आगामी दिनमा लगानीकर्ताहरु वाणिज्य बैंकतिर लाग्ने अनुमान गर्न सकिन्छ। बजारलाई अब बैंकिङ सेक्टरले नै लिड गर्ने देखिन्छ।
आज अल्पकालीन लगानीकर्ता हावी हुँदा निकै उतारचढावबीच बजार झिनो अंकले मात्र बढेको घिमिरेको तर्क छ। ‘बढेको बजार प्रफिट बुक गर्दा आज बजार थोरै बढ्यो’, उनले भने।
घिमिरेले अब बजारमा ठूलो अंकको करेक्सन आउने सम्भावना नरहेको बताए।
अर्का बजार जानकार प्रकाश रजौरे पनि लगानीकर्ताहरु लाभांशको आशले वाणिज्य बैंकहरुतिर सिफ्ट भएको बताउँछन्। हिजो २ वटा वाणिज्य बैंकले सोचेभन्दा राम्रो लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु बैंकिङ सेक्टरमा आकर्षित भएको उनको भनाइ छ। ‘वाणिज्य बैंकहरुमा अझै केही दिन चमक आउन सक्छ’, उनले भने।
सेप्टेम्बर महिनाभित्रै एउटा आधार बनाएर बजारले नयाँ बाटो लिने रजौरेको भनाइ छ।
आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने अन्य ११ वटामा रातो पोतिएको छ।
यो दिन बैंकिङ समूह सर्वाधिक २.४७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह पनि ०.३१ प्रतिशतले बढेको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.८६ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.२४ प्रतिशतले घटेको यो दिन व्यापार समूहमा १.४१ प्रतिशत, विकास बैंक समूहमा १.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२ प्रतिशत, अन्य समूहमा १.२ प्रतिशत, लघुवित्त समूहमा ०.८८ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशत र लगानी समूहमा २.२ प्रतिशतको गिरावट आएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँबराबरको भएको छ।
यो दिन सानिमा बैंकको सर्वाधिक ३४ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकले २७ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको आज माछापुच्छ्रे बैंकको २३ करोड ८६ लाख रुपैयाँ, नेसनल हाइड्राको २१ करोड ९६ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २० करोड ८७ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १९ करोड ८६ लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ७५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड ६५ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १७ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन कारोबारमा १८६ कम्पनीमध्ये ५६ कम्पनीको सेयरभाउ उकालो लागेको छ भने १२८ कम्पनीको सेयरभाउ घटेको छ। दुईवटा कमपनीको सेयरमूल्य भने स्थिर रहेको छ।
आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन हिमालयन पावर पाटर्नर र युनियन हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19