काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ।
बजार आज ७.९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७६५.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ३ अर्ब ९२ करोड रुपैयाँबराबरको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल मौद्रिक नीतिको त्रैमासिक समीक्षामा लगानीकर्ता रहेको बजारले गति लिन नसकेको बताउँछन्। ‘मौद्रिक नीतिमा केही परिमार्जन हुन सक्ने सम्भावना छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।’
सीडी रेसियोका कारण बजारमा तरलता संकट देखिएको उल्लेख गर्दै ढकालले आउँदो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले केही न केही परिवर्तन गर्नैपर्ने बताउँछन्। ‘किनकि अर्थतन्त्र चलयमान बनाउन आवश्यक छ’, उनले भने।
ढकालले सेयर बजार घटबढ हुनु स्वाभाविक नै रहेको बताए। ‘बजार बुलिस नै रहेकोले आत्तिनुपर्ने अवस्था छैन’, उनले भने।
सक्रिय लगानीकर्ता मेघराज खनाल पनि बजार सुस्त हुनुलाई मौद्रिक नीतिको त्रैमासिक समीक्षाको प्रतीक्षा नै मुख्य कारण रहेको बताउँछन्। ‘त्रैमासिक समीक्षापछि बजारको दिशा तय हुन्छ’, उनले भने, ‘मौद्रिक नीतिको समीक्षामा कुनै नीतिगत फेरबदल नभएमा बजार केही समयका लागि साइडवेजमै जाने सम्भावना छ।’
अहिले बजेट खर्च नभएर पनि तरलता अभाव देखिएको खनालको भनाइ छ। ‘बजार सेक्टरवाइज चलेको देखिन्छ’, उनले भने, ‘मुद्दतिमा पैसा राख्नुभन्दा सेयरमा लगानी गर्दा नै फाइदा हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.५१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.३३ प्रतिशतले बढेको आज बैंकिङमा ०.१६ प्रतिशत, व्यापार समूहमा ०.५१ प्रतिशत, जलविद्युत समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र लगानी समूहमा ०.८३ प्रतिशतको बढोत्तरी भएको छ।
वित्त समूह सर्वाधिक ८८ अंकले ओरालो लागेको छ। विकास बैंक समूह ०.६५ प्रतिशतले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.२७ प्रतिशत र जीवन बीमा समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७.४४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक ३४ करोड ४१ लाख रुपैयाँ बढी कारोबार भएको छ। एनटीसीको २९ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको १४ करोड ८७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २७ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ४८ लाख रुपैयाँ, नेसनल हाइड्रोको ११ करोड ७६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १० करोड ६९ लाख रुपैयाँ, अपी पावरको ८ करोड ५९ लाख रुपैयाँ, एचआईडीसीएलको ७३ करोड ५८ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ६ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मानुषी लघुवित्तको सेयरभाउ १० प्रतिशत तथा चन्द्रागिरी हिल्सको १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो बैंकको सेयरभाउ झन्डै ४ प्रतिशतले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago