काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ।
आज बजार ७.७३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५३.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेर ५०६.८४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ।
स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की बजार आज पनि घट्नुले लगानीकर्ताहरुमा अझै मनोबल नबढेकोजस्तो देखिने बताउँछन्। ‘अहिलेको मुख्य समस्या भनेको तरलतामा परेको दबाब नै हो र यो विस्तार सहज हुँदै जाने देखिन्छ’, उनले भने।
अब एमसीसी पास भएमा राजनीतिक अस्थिरता पनि हट्ने र बजारमा सकारात्मक प्रभाव पर्न सक्ने कार्कीको भनाइ छ, ‘बजार बिस्तारै बटम आसपास चल्न गरेको बुझ्न पनि सकिन्छ।’
सक्रिय लगानीकर्ता महेश रिजाल धेरै सकारात्मक कुराहरुका बीच केही नकारात्मक खबर आउनुले बजार आज बढ्न नसकेको बताउँछन्। ‘पछिल्लो समय एक बैंकरबाट आएको ब्याजदर बढ्ने अभिव्यक्ति र राष्ट्र बैंकको कर्जामा गरिएको कडाइका कारण बजार प्रभावित बनेको हो’, उनले भने।
रिजाल तरलता सहज हुन अझै केही समय लाग्ने भएकोले बजार अझै केही समय साइडवेजमै चल्न सक्ने बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह १.०४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह पनि ०.६५ प्रतिशतले बढेको छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०९ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.८१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.६९ प्रतिशत, व्यापार समूहमा ०.२६ प्रतिशत होटेल तथा पर्यटन समूहमा ०.०९ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.४७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२८ प्रतिशत, लघुवित्त समूहमा ०.६१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३३ प्रतिशत र लगानी समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन युनिभर्सल पावरको सर्वाधिक २० करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १९ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको १४ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँ, अपी पावरको ९ करोड ७४ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ८ करोड २२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ४५ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेसनल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago