काठमाण्डौ । दोश्रो बजारको गिरावट निरन्तर छ । आगामी आर्थिक वर्षको बजेट आएपछि बजार केही बढ्ने भनेर धेरैले आशा गरे पनि त्यसबाट समेत लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको देखिएको छ ।
बजेटमा सेयर बजारका लागि धेरै ठूला र परिवर्तनकारी कुनै पनि कार्यक्रम नआउँदा समेत यसप्रति लगानीकर्ता निराश देखिएका छन् । तर बजार सधैं यसैगरी घट्दैन । घट्दो बजार लगानी गर्ने अवसर पनि हो । बजारले बेला–बेला लगानीकर्तालाई खरीदको स्वर्णिम अवसर पनि दिने गर्छ । बजार घटेर निकै तल आइसकेकोले अब खरीद गर्न थाल्नुपर्ने समय आएको कतिपय विश्लेषकहरु बताउँछन् ।
बिजशालाले गरेको एक विश्लेषण र त्यहाँ देखिएका तथ्यहरुले समेत विश्लेषकहरुको मतजस्तै बजारमा खरीदको निकै राम्रो अवसर सिर्जना भएको देखिन्छ । बिजशालाले ५२ हप्ताको कम्पनीको सेयर मूल्यको उच्चतम विन्दू र न्यूनतम विन्दूलाई केलाएर हेर्दा बजार प्रवेश गर्ने सही बेला आएको देखिन्छ । टेवलमा नेप्सेका सबै समूहको ५२ हप्ताको उच्चतम सेयरमूल्य र न्यूनतम सेयरमूल्यका साथमा १८० दिनको भोल्युम वेटेड एभरेज प्राइस समेत राखिएको छ ।
टेवलमा हेर्दा धेरै कम्पनीहरुको ५२ हप्ताको उच्चतम मूल्य ६० प्रतिशतको हाराहारीमा घटिसकेको देखिएको छ । केहीको त ७० प्रतिशत हाराहारीमै मूल्य घटिसकेको देखिन्छ ।
हेरौं विभिन्न सेक्टरका सूचीकृत कम्पनीहरुको ५२ हप्ताको उच्चतम र न्यूनतम विन्दू तथा बजारले ती कम्पनीहरुमा दिएको खरीदको अवसरलाई पुष्टि गर्ने आँकडा:
बैंकिङ समूह
विकास बैंक समूह
बित्त समूह
लघुवित्त
निर्जीवन बीमा
जीवन बीमा
जलविद्युत
होटल र टुरिजम
उत्पादन र प्रशोधन
लगानी, व्यापार, अन्य
सामूहिक लगानीकोष
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19