काठमाण्डौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ।
बजार आज ११.६८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२७.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स २.०९ अंकले बढेर ३६८.९५ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मुक्ति अर्यालले हिजो गभर्नरको बोलीको त्रासले बजार ठूलो अंकले घटेको र पछि राष्ट्र बैंकले निकालेको सकारात्मक डाटाले आज फेरि बजार बढेको बताउँछन्। ‘उक्त डाटाले नेपाल श्रीलंकाको पथमा नरहेको प्रस्ट देखाउँछ, सोही कारण लगानीकर्ताको मनोबल बढेको हो’, उनले भने।
असार मसान्तको प्रभाव पनि सकिँदै गएकोले बजार सकारात्मक बनेको अर्याल बताउँछन्। ‘त्यस्तै पछिल्लो समय पुँजीगत खर्च बढ्नु र बैंकिङ प्रणालीमा तरलता पनि सहज हुँदै जानुले पनि बजारमा सकारात्मक प्रभाव पारेको छ’, उनले भने, ‘अर्कोतर्फ डलरको सञ्चिति र रेमिट्यान्स पनि बढेको छ। यसले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको देखाउँछ।’
बैंक ब्याजदर बढ्ने सम्भावना न्यून रहेको अर्याल बताउँछन्।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने विगतको इतिहास हेर्दा ठूलो अंकले घटेपछि बजार बाउन्स र नभए घट्न रोकिने गरेको बताउँछन्। ‘४–१२ को प्रभाव र असार मसान्तको प्रभाव सकिँदै गएकोले बजारमा सानोतिनो बढोत्तरी सम्भावना छ।’
यद्यपि, अझै पनि लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा रहेको न्यौपाने बताउँछन्।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियो छाएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.६५ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.३९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा १.३७ प्रतिशत, विकास बैंक समूहमा ०.८१ प्रतिशत, जलविद्युत समूहमा १.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशत, अन्य समूहमा ०.२२ प्रतिशत, लघुवित्त समूहमा ०.३९ प्रतिशत, जीवन बीमा समूहमा ०.१२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत र लगानी समूहमा ०.९२ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीका ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण काबेली पावरको सर्वाधिक ७ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गोर्खाज फाइनान्सको ७ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ७ करोड ४० लाख रुपैयाँ, युनाइटेड इदी मर्दीको ५ करोड ९३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड १३ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४ करोड १० लाख रुपैयाँ, अप्पर तामाकोशीको ४ करोड १ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ९५ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ८९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ३ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन नयाँ सारथी लघुवित्तका सेयरधनीहरुले गुमाएका छन् । यो लघुवित्तको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago