काठमाण्डौ । सेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ।
बजार आज १८.०३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०२९.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८३ प्रतिशतले बढेर ३८८.७६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आज बजार अन्तिम समयमा बढेको बताउँछन्। ‘धेरै लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा बसेका छन्’, उनले भने, ‘त्यसैले कारोबार बढ्न सकेको छैन।’
गभर्नरको विषय अहिले सडकदेखि सदनसम्म उठेको बास्तोलाले बताए। ‘देशको अर्थतन्त्र अहिले मुस्किल अवस्थामा छ’, उनले भने, ‘तर, सरकारका प्रमुख आर्थिक सल्लाहकार गभर्नर भने प्रमुख प्रतिपक्षको ईशारामा चलेको देखिन्छ।’
सरकारको भन्दा पनि विपक्षी दलको चाहनाअनुसार मौद्रिक नीति आउने हो कि भन्ने आशंका लगानीकर्तामा रहेको बास्तोला बताउँछन्। ‘यदि गभर्नर राष्ट्रको हित चाहन्छन् भने ब्याजदर घटाउनुपर्छ’, उनले भने।
सक्रिय लगानीकर्ता महेश रिजाल आजको कारोबार हेर्दा लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा रहेको प्रस्ट हुने बताउँछन्। ‘मौद्रिक नीति कसिलो आउने समाचारहरु पनि आएका छन्, त्यसैले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.९३ प्रतिशतले उकालो लागेको छ। अन्य समूह २.०८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१५ प्रतिशत, विकास बैंक समूहमा ०.९१ प्रतिशत, जलविद्युत समूहमा १.१६ प्रतिशत, वित्त समूहमा १.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत, उत्पादन तथ प्रशोधन समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा ०.६८ प्रतिशत, जीवन बीमा समूहमा १.२१ प्रतिशत र लगानी समूहमा १.६८ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूहमा ०.२७ प्रतिशतले घट्दा व्यापार समूहमा ०.०२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ५ करोड ८९ लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ६२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ४० लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड २६ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर र इमर्जिङ नेपालको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
आज स्वावलम्बन लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago