काठमाण्डौ । सेयर बजारमा बिहीबार पनि दोहोरो अंकको करेन्सन आएको छ।
बजार आज ३८.६१ अंकले ओरालो लागेको हो। योसँगै २१४८.१६ को विन्दुमा आर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.२५ अंकले घटेर ४१२.२५ को विन्दुमा झरेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रेम ओली बजार केही बढेकोले आज करेक्सन आएको बताउँछन्। ‘हिजो आएको राष्ट्र बैंकको सर्कुलरमा ब्याजदरसम्बन्धी व्यवस्थाले लगानीकर्तामा केही द्विविधा पनि देखिएको छ’, उनले भने, ‘तरलता सहज भएको अवस्थामा ब्याजदर नबढ्न पनि सक्छ। ब्याजदर बढ्न वा नबढ्ने भन्ने विषय बैंकहरुमै भर पर्छ।’
सरकारले भर्खरै चुनावको मिति घोषणा गरेको पनि ओलीले बताए। ‘यसले बजारमा सकारात्मक नै प्रभाव पर्छ’, उनले भने।
सक्रिय लगानीकर्ता एसपी चौलागाईं बजारमा नाफा बुक नै भएको बताउँछन्। ‘केही कम्पनीमा नाफा बुक हुँदा बजारमा करेक्सन आएको हो’, उनले भने।
लगानीकर्ताहरु सेक्टर परिवर्तन गर्दै कारोबार गरिरहेकोले बजार मजबुत हुँदै जाने पनि चौलागाईं बताउँछन्। ‘अब लगानीकर्ताहरुले आधारभूत रुपमा बलिया रहेका कम्पनीहरुका सेयर किन्ने देखिन्छ’, उनले भने, ‘बजार अन्य नकारात्मक विषयवस्तु नभएकोले हिजोआजको घटाइ नितान्त करेक्सन नै हो।’
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
आज व्यापार समूह सर्वाधिक ५.१३ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.४१ प्रतिशत, विकास बैंक समूहमा २.५१ प्रतिशत, जलविद्युत समूहमा २.१९ प्रतिशत, वित्त समूहमा २.९४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२९ प्रतिशत, अन्य समूहमा २.३३ प्रतिशत, लघुवित्त समूहमा १.६२ प्रतिशत, जीवन बीमा समूहमा १.६५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१२ प्रतिशत र लगानी समूहमा २.१६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक २५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १३ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १२ करोड ७९ लाख रुपैयाँ, युनिभर्सल पावरको ७ करोड ८० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ७ करोड ३९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ३० लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड २२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ४ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज बलेफी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19