काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा झिनो वृद्धि भएको छ।
बजार आज २.१९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९५.२१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले बढेर ३८८.९३ को विन्दुमा पुगेको छ। कारोबार रकम भने १ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ।
बजार जानकार मुक्ति अर्याल बजार केही समययता साइडवेजमा चलिरहेको बताउँछन्। ‘आज बिहान राम्रै बढेको थियो तर पछि ट्रेडर हावी भएपछि बजारको बढाइ टिक्न सकेन’, उनले भने।
भोलुम पनि घटेकोले बजार सुस्त रहेको बुझ्न सकिने अर्यालको भनाइ छ।
सक्रिय लगानीकर्ता दमोदर गजुरेल बजारमा अहिले प्यानिक सेल पनि नरहेको र खरिदकर्ता पनि आक्रामक नदेखिएको बताउँछन्। ‘यसले बजार योभन्दा तल नजाने संकेत गर्छ’, उनले भने, ‘मध्य र दीर्घकालका लागि यो लगानी गर्ने उपयुक्त समय हो।’
प्राविधिक रुपमा कुनै पनि इन्डिकेटरहरुले कुनै कन्फर्मेसन नदिएको गजुरेल बताउँछन्। ‘लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘कारोबार घट्नुले बजार घट्न रोकिएको संकेत गरेको छ।’
आज नेप्से उपसमूह रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक २.२९ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ०.२७ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.०८ प्रतिशत, विकास बैंक समूहमा ०.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२४ प्रतिशत, लघुवित्त समूहमा ०.०८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक ०.८८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.७८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ९ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड ४४ लाख रुपैयाँ, रिडी पावरको २ करोड ९९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड १२ लाख रुपैयाँ, अपी पावरको १ करोड ९९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १ करोड ९८ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ९३ लाख रुपैयाँ, एनसीसी बैंकको १ करोड ८७ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago