काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज ११.३६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६६.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.४८ अंकले बढेर ३६६.११ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा थोरै बढेर ६९ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार सुस्त रहेकोले खासै भोलुम आउन नसकेको बताउँछिन्। ‘बजारमा अझै फेस्टिभ मुड नै देखिन्छ’, उनले भनिन्।
अब ब्याजदर नबढ्ने धेरै आशा रहेको तिवारी बताउँछिन्। ‘तरलता पनि केही सहज भएको छ’, उनले भनिन्, ‘चुनाव पनि आउँदै गरेको बजार सकारात्मक हुने आशा गर्न सकिन्छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल आजबाट बजारमा बिक्रीचाप घटेको जस्तो देखिएको बताउँछन्। ‘बजारकै कारोबारीहरु ब्रोकर लाइसेन्सतर्फ लाग्दा कारोबार घटेको छ’, उनले भने।
अब बेचेर ब्याज तिर्नका लागि पैसा नआउने भएको हुँदा बजार सकारात्मक नै हुने कँडेलको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक २.६८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह २.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९१ प्रतिशत, जलविद्युत समूहमा ०.८२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, अन्य समूहमा ०.९६ प्रतिशत, लघुवित्त समूहमा ०.४४ प्रतिशत, जीवन बीमा समूहमा ०.५७ प्रतिशत र लगानी समूहमा ०.२३ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह पनि ०.७७ प्रतिशतले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २० लाख ८५ हजार २८४ कित्ता सेयर ६९ करोड १७ लाख ३७ हजार ८९४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक २ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको २ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको १ करोड ८९ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड ८१ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १ करोड ६४ लाख रुपैयाँ, अपी पावरको १ करोड ५६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ५५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ करोड ५२ लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज अभियान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन कालिका लघुवित्त, अपर हेवाखोला जलविद्युत, मिथिला लघुवित्त र नेसनल माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago