काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि झिनो अंकको गिरावट आएको छ।
आज बजार २.५७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५६.३६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३८४.२१ को विन्दुमा झरेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रेम ओली बजार सकारात्मक नै हुने संकेत मिलिरहेको बताउँछन्। ‘अब चुनावसम्म बजार बढ्न सक्छ’, उनले भने, ‘चुनावपछि बन्ने सरकारले बजारको दिशा तय गर्ला। अहिले ठूलो अंकले बजार तल–माथि हुने अवस्था छैन।’
बजारमा अहिले ठूला लगानीकर्ता प्रवेश गरेको अवस्था पनि नरहेको ओली बताउँछन्। ‘अहिले स्वपुँजी लगाउनेहरुलाई भने उपयुक्त समय हो’, उनले भने, ‘बोनस खान बाँकी नै रहेकोले अहिलेको लगानी दीर्घकालीका लागि उपयुक्त देखिन्छ।’
सक्रिय लगानी विष्णु भुसाल बजार अहिले साइडवेजमा चलेको बताउँछन्। ‘राष्ट्र बैंकले लाभांशमा पनि कडाइ गरेको छ’, उनले भने, ‘नयाँ सरकार नबनुन्जेल बजार साइडवेजमै चल्छ। अहिले बजार ह्वात्तै तल–माथि हुने अवस्था छैन।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १.०३ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.९७ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.३ प्रतिशत र वित्त समूहमा ०.२८ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १.५६ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.७१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१४ प्रतिशत, विकास बैंक समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.६२ प्रतिशत, लघुवित्त समूहमा ०.६३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३ प्रतिशत र लगानी समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २७ लाख ७३ हजार ७३७ कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिटिजन्स बैंकको ६ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ३९ लाख रुपैयाँ, रिडी पावरको ४ करोड ३७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ९३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ९६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड ५२ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago