काठमाण्डौ । सेयर बजारमा बुधबार सामान्य करेक्सन आएको छ।
बजार आज ९.०१ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २१७३.१० प्रतिशतको विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.९३ अंकले घटेर ४१३.९० को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा आज कारोबार बढेर ५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारमा आज सामान्य नाफा बुक भएको बताउँछन्। ‘यो सामान्य करेक्सन हो’, उनले भने, ‘बजारले उचाइ लिनका लागि शक्ति सञ्चय गरेको हो। यसले बजार मजबुत भएको बुझ्न सकिन्छ।’
अब बजार विस्तार माथि नै जाने ढकालको भनाइ छ।
बजार जानकार महेश रिजाल आज नाफा बुक हुँदा बजारमा करेक्सन आएको बताउँछन्। ‘ब्रोकरहरुबाट उधारोमा कारोबार गरेकाहरुले पुस महिनाको सेटेलमेन्टका लागि सप्लाई दिँदा बजार घटेको पनि हुन सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ०.८४ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.४६ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक ७.०९ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.०६ प्रतिशत घट्दा निर्जीवन बीमा समूहमा १.०३, बैंकिङ समूहमा ०.७२ प्रतिशत, वित्त समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८० प्रतिशत, लगानी समूहमा ०.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, लघुवित्त समूहमा ०.०२ प्रतिशत र अन्य समूहमा ०.२० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४८ कम्पनीका १ करोड ३३ लाख ४ हजार १४० कित्ता ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ।
यो दिन रिडी पावरको सर्वाधिक ३५ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १९ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको १४ करोड ८८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७ लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड ७३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ६० लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ९ करोड ५२ लाख रुपैयाँ, नेपाल टेलिकमको ९ करोड ५१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४७ लाख रुपैयाँ र युनिभर्सल पावरको ९ करोड ३१ लाख रुपैयाँको बढीको कारोबार भएको छ।
धेरै कमाउने, धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। पिपुल्प हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा बाराही हाइड्रोपावर, हिमालय ऊर्जा र ग्रीन भेन्चर्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। नेसनल हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन साल्ट ट्रेडिङका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago