काठमाण्डौ । लगातार चार दिन घटेको सेयर बजार आज बुधबार उकालो लागेको छ।
बजार आज ८.३९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८७५.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ३५३.९५ को विन्दुमा पुगेको छ। कारोबार रकम ६ महिनायता न्यून ८१ करोड ६० लाख रुपैयाँको भएको छ।
बजार जानकार दामोदर गजुरेल बजारको लगातारको घटाइ थामिएको बताउँछन्। ‘यसलाई बजारले यूटर्न लिइहाल्यो भन्न मिल्दैन’, उनले भने, ‘एक–दुई दिनको कारोबार हेरेपछि मात्रै बजारको लय भन्न सकिन्छ।’
आजको बजार अर्थमन्त्रीको लगातारको छलफलको परिणाम पनि हुन सक्ने गजुरेल बताउँछन्। ‘पछिल्लो समय बजार लगातार घट्नुको मुख्य कारण चैत मसान्तको प्रभाव पनि हो’, उनले भने।
प्राविधिक रुपमा १८०० देखि १८४० मा बजारको बलियो सपोर्ट देखिन्छ’, उनले भने, ‘यस आधारमा यो नै बजारको यही नै बटम हो भन्न सकिन्छ।’
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि सधैँजसो चैत महिना बजारमा यस्तो सामान्य उतारचढाव हुने गरेको बताउँछन्। ‘आज कारोबार घट्नु भनेको लगानीकर्ताले घटेर सेयर बेच्न नचाहेको देखिन्छ’, उनले भने, ‘अहिले नयाँ अर्थमन्त्री आए पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन। किनकि सबै मन्त्रीहरुले कुरामात्रै गरे तर नीतिगत व्यवस्थामा फेरबदल भएन।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.०४ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.८७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६५ प्रतिशत, विकास बैंक समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.४० प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, लगानी समूहमा ०.६० प्रतिशत, जीवन बीमा समूहमा ०.३१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६८ प्रतिशत र अन्य समूहमा ०.२७ प्रतिशतको बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक ०.५२ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.४१ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.१० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका २६ लाख २ हजार ९५६ कित्ता ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ८६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ५१ लाख रुपैयाँ, कुमारी बैंकको १ करोड ५० लाख रुपैयाँ, अपी पावरको १ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ३९ लाख रुपैयाँ र रिडी पावरको १ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज कालिञ्चोक दर्शनका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन न्यादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago