काठमाण्डौ । आज बजारमा दिनभर नै हरियाली छाएको छ। दिनभर नै बजार बढेर कारोबार भयो भने अन्त्यमा करिब १० अंकले बढेर बन्द भएको छ।
प्राविधिक रुपमा हालको बजारलाई हेर्दा करिब १ महिनादेखि बनाएको मूल्यरेखाले फलिङ वेज प्याट्रन बनाएको देखिन्छ। फलिङ वेज प्याट्रन भनेको सेयरको मुल्य निरन्तर घट्दा प्राइस रेन्ज क्रमशः साँघुरिँदै जानु हो। यसले बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ।
फलिङ वेजमार्फत बजारको दिशा निर्धारण भने यसले ब्रेक आउट गरेपछि मात्रै निश्चित हुन जान्छ। त्यो भनेको अबको कारोबारमा बजार १८७५ भन्दा माथि टिकेर बन्द हुनुपर्नेछ।
आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डमा छोएर फर्केको छ। यसमार्फत हेर्दा पनि बजारले माथिकै यात्रा तय गर्नका लागि भने १८७५ भन्दा माथि भोलुमसहित बन्द हुनुपर्नेछ।
म्याक्डीमार्फत हेर्दा भने बजारमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। आरएसआई ३८ कै तहमा रहेको देखिन्छ।
यी इन्डिकेटरमार्फत हेर्दा बजारमा करेक्सन हुँदै गरेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19