काठमाण्डौ । लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ।
बजार आज ३.२९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८२१.६० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक भने ०.०१ अंकले घटेर ३४९ को विन्दुमा ओर्लेको छ। कारोबार ६४ करोड रुपैयाँ बढीको मात्रै भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार केही समय १८०० देखि २००० को बीचमै रहने बताउँछन्। ‘नयाँ बजेटमा केही न केही आउन सक्छ’, उनले भने, ‘बैंकहरुको खराब कर्जा पनि अब बढ्दैन। विस्तारै नीतिगत सुधार पनि हुँदै गएको छ।’
जग्गाको पनि कित्ताकाट फुकुवा हुँदै गएको बिष्ट बताउँछन्। ‘कर्जाको ब्याजदर पनि घट्दै गएको छ’, उनले भने, ‘यी सबै कारणले गर्दा बजारको अबको ६ महिना २५०० को विन्दुमा पुग्न सक्छ।’
अर्का बजार जानकार महेश रिजाल बजार सोचेजस्तो बढ्न नसक्नुमा नीतिगत सुधार नै खोजेको बताउँछन्। ‘बिग मनी र स्मार्ट मनी पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘बजेटमा लगानीकर्ताले केही आशा गरेका छन् र बजेटमा केही न केही सम्बोधन हुन्छ।’
अहिलेको बजार लगानीकर्ताका लागि भने उपयुक्त समय रहेको रिजाल बताउँछन्। ‘ट्रेडरका लागि भने उपयुक्त समय भने होइन।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.९९ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.८१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६७ प्रतिशत, जलविद्युत समूहमा ०.६५ प्रतिशत, लगानी समूहमा ०.३० प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत र व्यापार समूहमा ०.१५ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक ०.८९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका २० लाख ६३ हजार ७३७ कित्ता सेयर ६४ करोड १ लाख १७ हजार २६०.५२ रुपैयाँमा किनबेच भएका छन्।
आज एनआईसी एसिया बैंकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। शिवम सिमेन्टको २ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकको १ करोड ६४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ करोड ३६ लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज माई खोला हाइड्रोपावरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19