काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ। 

बजार आज ५.८९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २००४.४५ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९४ अंकले घटेर ३८३.६७ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर साढे १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार अजयसिंह थापा (जयशम्भु) हिजोआजको बजार घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘किनकि बजार २००० माथि नै टिकेको छ’, उनले भने।

बजार अब १–२ दिनमा रिकभरी हुन सक्ने थापाको भनाइ छ। ‘असोजमा पनि ब्याजदर घट्न सक्छ’, उनले भने, ‘अन्तरबैंक ब्याजदर पनि ३ प्रतिशतमा आएको छ र ट्रेजरी बिल्सको ब्याजदर पनि घटेको छ।’

यिनै विविध सकारात्मक पक्षले बजार दसैँअघिसम्म २३०० सम्म पुग्न सक्ने थापाको अनुमान छ। ‘प्राविधिक रुपमा पनि थर्डभित्रको वान छिट्टै २३०० सम्म पुग्न सक्ने देखिन्छ’, उनले भने।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पनि बजार धेरै नघट्ने बताउँछन्। ‘किनकि ढिलो–चाँदीको १२ करोडको क्याप हट्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह ०.९२ प्रतिशतले उकालो लाग्दा म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज लगानी समूह सर्वाधिक ०.९५ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३५ प्रतिशत, विकास बैंक समूहमा ०.१० प्रतिशत, वित्त समूहमा ०.१० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४३ प्रतिशत, लघुवित्त समूहमा ०.६१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५२ प्रतिशत, अन्य समूहमा ०.२१ प्रतिशत र व्यापार समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सन नेपाल लाइफको सर्वाधिक ७ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायब नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४ करोड ६३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ४९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख रुपैयाँ, अप्पर लोहोरे खोला जलविद्युतको ३ करोड १६ लाख रुपैयाँ, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९७ लाख रुपैयाँ, आईएमई लाइफको २ करोड ४३ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको २ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। माईखोला हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा एसियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन ऊर्जाको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। सयपत्री हाइड्रोपावरको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन ३ वटा कम्पनीको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। शुभम पावर र थ्रीस्टार हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा अप्पर लोहोरे खोला जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको हो।