काठमाण्डौ । सेयर बजारमा उछालको संकेत देखिएको छ । आइतबारदेखि बढ्न सुरु भएको बजार सोमबार दोहोरो अंकले बढेको थियो । मंगलबार २ बजेसम्म बजारमा २७ अंकको बढोत्तरी भइसकेको छ ।
सरकारले ६ प्रदेशका स्थानीय तहमा एकसाथ निकै ठूलो रकम पठाएपछि त्यो खर्च भई बजारमा तरलता बढ्ने, सूचिकृत कम्पनीहरुको वार्षिक प्रगतिविवरण धमाधम सार्वजनिक हुन थालेपछि लाभांशको लोभ तथा बिमा कम्पनीहरुले तोकिएको समयसीमाभित्र चुक्तापूँजी पुर्याउन हकप्रदको बाढी ल्याउने खबर लगायतको प्रभावले बजारमा उछालको अवस्था देखिएको हो ।
पर्ख र हेरको रणनीतिमा रहेका लगानीकर्ताहरु समेत बजारमा सक्रिय हुँदा उछालको संकेत देखिएको हो । २ बजेसम्म कारोबार रकम पनि ८८ करोड माथि पुुगिसकेको छ । निकै लामो समयको अन्तरालपछि बजारमा ठूलो अंकको बढोत्तरी र त्यसैको समानान्तर हिसाबले कारोबारमा पनि उछाल आएको हो ।
बुुधबार २ बजेसम्म बिमा समूहको सूचक ४.३ प्रतिशतले वृद्धि भइसकेको छ । वाणिज्य बैंक समूह पनि १.४ प्रतिशतले बढिसकेको छ । नेपालको सेयर बजारमा बैंक र बिमा केन्द्रीत रहेकोले यी दुुई समूहको सूचकमा राम्रो बढोत्तरी हुनेबित्तिकै बजारले उछालको गति लिन्छ । बुधबारको कारोबारमा पनि त्यही देखिएको छ ।
विकास बैंक पनि २ बजेसम्म १.१४ प्रतिशतले बढिसकेको छ । होटल र बित्त समूहको बढोत्तरी पनि सन्तोषजनक छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago