काठमाण्डौ । आइतबारदेखि लगातार दोहोरो अंकले बढिरहेको बजारमा बुधबार एकाएक दोहोरो अंककै गिरावट आएको छ । बजार सम्हालिएर उछालतर्फ उन्मुख भइरहेको बेला बजार फेरि एकाएक घट्न पुुगेको हो । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेपछि यसले लगानीकर्तालाई फेरि निराश बनाइदिएको छ । 

कतिपय विश्लेषकहरुले हरेक दिनजसो दोहोरो अंकले बढिरहेको बजारमा बुधबारको गिरावटलाई ‘सामान्य करेक्सन’ भनेका छन् । तर, कतिपय विश्लेषकहरुले भने इण्डेक्ससँगै टर्नओभरमा पनि गिरावट आएकोले चनाखो भएर खरीदबिक्रीको निर्णय लिनुपर्ने सुुझाव दिएका छन् । एकदिनकै गिरावटबाट अत्तालिनुपर्ने अवस्था नरहेको उनीहरु बताउँछन् । 

सेयर बजारलाई सुनियोजित रुपमा घटाएर राम्रा कम्पनीको सेयर सस्तोमै उठाइसकेपछि फेरि ठूला गिरोह चुपचाप बसिदिंंदा बजार अनपेक्षित रुपमा घट्न पुुगेको कतिपयको दाबी छ । यस्तो गिरोहले नियामक निकायका अधिकारीहरुको मिलेमतोमा लामो समयदेखि बजारलाई आफू अनुकुुल बनाउँदै आएका छन् । यहीकारण समेत लगानीकर्ताले लामो समयदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको माग गरिरहेका छन्, जुन प्रणाली आगामी जेठबाट मात्र कार्यान्वयनमा आउने बताइएको छ । 

यस्तो बेलामा बजारको सूचक हेर्नुभन्दा पनि आफूले मन लगाएको कम्पनीको अवस्था हेर्नुपर्ने उनीहरुको सुुझाव छ । कम्पनीको बित्तीय स्वास्थ्य जाँच गरी त्यसका सवल पक्षहरु केलाएर अगाडि बढ्दा कुनै पनि लगानीकर्ताले पछुुताउनुु नपर्ने विज्ञहरुको भनाई छ । 

साताको तीन कारोबार दिनहरुमा लगातार उकालो लागेको बजारले बुधबार भने ११.२३ अंकको उल्टी जम्प हान्दै १५०४.७९ अंकमा सीमित भयो ।कारोबार रकममा पनि १५ करोड बढीको पहिरो गएको छ । 

यो दिन होटल, उत्पादनमूलक र अन्य बाहेक सबै समूहको सूचकमा रातो पोतियो । उत्पादनमूलक २६.०७ अंकले बढ्यो भने होटल समूहमा १५.१३ र अन्य समूहमा ४.९१ अंकको बढोत्तरी भयो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन सबैभन्दा बढी जलविद्युत समूहमा पहिरो गयो । यो समूहको सूचक ४६.०८(२.३७ प्रतिशत)ले घट्न पुुग्यो । यस्तै, बिमा समूह १०३.८३, माइक्रोफाइनान्स समूह १८.१४, बैकिङ समूह ८.९३, विकास बैंक समूह १५.३४, बित्त समूह १०.३८ र ट्रेडिङ समूह ३.३ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा मन्दी आउँदा सेन्सेटिभ इण्डेक्स २.४८ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९५ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६० कम्पनीका ११ लाख ७७ हजार ५ सय ७५ कित्ता सेयर ५९ करोड ७८ लाख ७४ हजार २ सय ८७ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी चिलिमे हाइडोपावर कम्पनीले ३ करोड ९३ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले ३ करोड ७३ लाख, नेपाल टेलिकमले ३ करोड १७ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड १४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ९५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५८ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनी र एक स्थान अन्य समूहको कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो नाफा कमाएको हिमालयन डिस्टीलरीका सेयरधनीले पैसा छापे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । नेपाल हाइडो डेभलपर्स लिमीटेडका सेयरधनीले समेत १० प्रतिशतकै हाराहारीमा सम्पत्ति कमाए । 

यो दिन सबैभन्दा धेरै किसान माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.४२ प्रतिशतको गिरावट आयो । यस्तै, सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले समेत ५ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।