काठमाण्डौ । नेप्सेको वेबसाइट नचलेको दिन बुधबार बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । यो समाचार तयार पार्दासम्म बजार दोहोरो अंकले बढेको हो भने अन्य सूचक पनि सकारात्मक देखिएका छन् । 

१ः२२ बजेसम्म बजार परिसूचक दोहोरो अंकले बढिसकेको छ । सबै समूहको सूचक हराभरा भएका छन् । लामो समयदेखि बढ्न नसकेको बजारमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्ता उत्साहित देखिएका छन् । 

यो समयसम्म ११ करोड बढीको कारोबार भइसकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक लगायतले सबैभन्दा धेरै कारोबार गरिरहेका छन् ।