काठमाण्डौ । बजारमा मंगलबार एकैदिन ४ कम्पनीका २ करोड बढी कित्ता सेयर थपिएका छन् । 

एक वाणिज्य बैंक, एक लाइफ इन्स्योरेन्स र २ फाइनान्स कम्पनीका २ करोड ३ लाख ९० हजार ५३.१९ कित्ता बढी बोनस र हकप्रद बजारमा थप भएका हुन् । 

नेप्सेमा प्रकाशित सूचना अनुसार कुन कम्पनीको कति कित्ता सेयर थपिए ? हेरौं सूचि:

  • प्राइम लाइफ इन्स्योेरेन्स: ९७६३२०० कित्ता(हकप्रद)
  • प्राइम लाइफ इन्स्योरेन्स: १९८३१५० कित्ता(बोनस)
  • सिद्धार्थ बैंक लिमीटेड: ६८२६११७.१९ कित्ता(हकप्रद)
  • मल्टी प्रपोज फाइनान्स कम्पनी: १६४७३६(बोनस)
  • बेस्ट फाइनान्स कम्पनी: १६५२८५० कित्ता(हकप्रद)