काठमाण्डौ । नेप्सेमा बिहीबार तीन कम्पनीका १ करोड बढी कित्ता नयाँ सेयर थपिएका छन् । 

मेगा बैंक, लुम्बिनी विकास बैंक र कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको हो । 

यी तीनवटै बैंकको गरी कुल १ करोड २० लाख ५० हजार ८ सय ५४ दशमलव ७३ कित्ता नयाँ सेयर बजारमा थपिएको हो । 

नेप्सेमा मेगा बैंकको सबैभन्दा बढी ९९ लाख ८६ हजार ९ सय ५१ दशमलव ५३ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 

यस्तै, लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४ सय ४२ कित्ता हकप्रद सेयर र कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४ सय ६१ दशमलव २० कित्ता बोनस सेयर  सूचिकृत भएको छ ।