काठमाण्डौ । सेयर बजारमा २.३१ अंकको करेक्सन भएको छ । बजारमा उछाल आएर कतिपय राम्रा कम्पनीको सेयर मूल्य बढेपछि सर्टटर्म कारोबारीले प्रोफिट बुक गर्ने हतारो गर्दा बजारमा सामान्य करेक्सन देखिएको हो ।
यो निकै न्यून करेक्सन भएकोले यसबाट लगानीकर्ता अत्तालिनु पर्दैन । कारण, बजारलाई कारोबार रकमले निकै राम्रो साथ दिइरहेको छ । बजारमा करेक्सनका बाबजुद कारोबार रकम ९१ करोडको हाराहारीमा पुगेको छ । यसले बजारमा ठूला लगानीकर्ताहरुको लगातारको प्रवेशलाई पुष्टि गर्दछ ।
पछिल्लो समय बजार सकारात्मक गतिमा दौडिरहेको छ । मार्जिन लोन सहज ढंगले पाइन थाल्नु, बैंकिङ प्रणालीमा तरलता अभावको समस्या हट्नु, सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा तथा कतिपय कम्पनीले लाभांश वितरणका लागि साधारणसभा समेत आह्वान गर्नु, ठूला लगानीकर्ता र म्युचुअल फण्डहरु समेत बजार प्रवेश गर्न थाल्नु र बजारमा लङटर्म लगानीकर्ताहरुको बोलवाला दिनहुँ बढ्दै जानुले बजार बलियो बन्दै गइरहेको छ ।
मंगलबार उछालको गतिमा दौडिएको बजारमा महत्वपूर्ण भूमिका खेल्ने बैंकिङ समूहमा बुधबार २.६९ अंकको सामान्य करेक्सन देखिएको छ । यो दिन विकास बैंक समूह ६.७ अंक, जलविद्युत समूह २.९८ अंक, बित्त समूह ३.२७ अंक, निर्जीवन बिमा समूह २४.२७ अंक, उत्पादनमूलक १७.७५ अंक र माइक्रोफाइनान्स समूह १.०४ अंकले घटेका छन् ।
जीवन बिमा समूहमा भने ३०.४८ अंकको बढोत्तरी देखिएको छ भने अन्य समूह पनि ०.६८ अंकले बढेको छ ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२३ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७१ कम्पनीका ४५ लाख ७७ हजार ९ सय ९३ कित्ता सेयर ९० करोड ९९ लाख १४ हजार ६ सय २० रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ६ करोड २७ लाख बढीको कारोबार गरेको छ । एनएमबी बैंकले ६ करोड ६ लाख, नेपाल बैंकले ४ करोड ९८ लाख, सिभिल बैंकले ४ करोड ८८ लाख, प्रभू बैंकले ४ करोड ५२ लाख, मेगा बैंकले ४ करोड ३६ लाख बढीको कारोबार गरेका छन् ।
यस्तै, क्यापिटल मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनीले ३ करोड ४५ लाख, एनआइसी एशियाले २ करोड ६९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६४ लाख र सानिमा बैंकले २ करोड ५० लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले वृद्धि भयो । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.८३ प्रतिशतले सम्पत्ति बढाए ।
यो दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.७९ प्रतिशतको गिरावट आयो । यो दिन ङादी ग्रुप पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा समेत ५.२९ प्रतिशतको गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19