काठमाण्डौ । निरन्तर घटिरहेको बजारमा मंगलबार भने झिनो बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक १.६१ अंकले बढेर ११६१.४३ को विन्दूमा पुगेको हो । 

यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने २३ करोडमा सीमित हुन पुगेको छ । 

यो दिन बजारका ५ समूहको सूचकमा हरियो पोतियो भने बाँकी ५ समूहको सूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह २.२२ अंकले बढेको यो दिन होटल समूहमा १०.०८, विकास बैंक समूहमा ३.८६, जलविद्युत समूहमा ४.८१ र अन्य समूहमा २.२७ अंकले बढोत्तरी भयो । 

निर्जीवन बिमा समूह २७.९३ अंकले घटेको यो दिन जीवन बिमा समूहमा ६.०१, माइक्रोफाइनान्स समूहमा १.४८, बित्त समूहमा ०.८६ र उत्पादनमूलकमा १.७ अंकको गिरावट आयो । 

यो दिन बजारमा १ सय ५४ कम्पनीका ७ लाख ८८ हजार १ सय ६९ कित्ता सेयर किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन एनएमबी बैंकले सबैभन्दा बढी १ करोड ९४ लाख बढीको कारोबार गर्यो ।

नेपाल बैंकले १ करोड ६ लाख, एनसीसी बैंकले १ करोड ४ लाख, सानिमा बैंकले ८४ लाख, मुक्तिनाथ विकास बैंकले ८१ लाख, प्रभू बैंकले ८० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७६ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६७ लाख, नेपाल एसबीआई बैंकले ५७ लाख र एनआइसी एशिया बैंकले ५२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सूर्योदय लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा ८.३७ प्रतिशतले बढोत्तरी भयो । 

एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।