काठमाण्डौ । आज दिनभर घटेको सेयर बजार अन्तिम समयमा एकाएक बढेको छ। 

आजको कारोबारलाई आवरली बेसमा हेर्दा अन्तिम आवरमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। यो क्यान्डलले यसअघि बनेका तीनवटा क्यान्डललाई पूरै ढाकेको छ। 

दैनिक चार्टमा डाउ थेउरीमार्फत हेर्दा बजारले २१०० को विन्दुमा हायर लो कन्फर्मेसन गरेको देखिन्छ। यो भनेको पर्ख र हेरको अवस्था रहेका लगानीकर्ता बजार पसेको भन्ने हो। 

मुभिङ एभरेजको ५० दिने र २०० दिने मुभिङ एभरेजबाट हेर्दा गल्डेनक्रस बन्दै गएको र बजारले ठूलो फड्को मार्दै गरेको देखिन्छ। लामो समयपछि नेप्सेको ५० दिने मुभिङ एभरेजले २०० दिने मुभिङ एभरेजलाई तलबाट माथि काट्दै गरेको देखिन्छ। 

अबको १–२ दिनको कारोबारमा बजारमा बढोत्तरी आएमा भने गोल्डेन क्रसको सम्भावना देखिन्छ। आज अन्तिम आवरमा दिनभर घटेको विन्दुबाट २४ अंकले बजार बढेको छ भने करिब ९२ करोड रुपैयाँको कारोबार भएको छ। यसले बजारमा अन्तिम समयमा स्मार्ट र बिग मनीले बजार प्रवेश गरेको सम्भावना पनि त्यत्तिकै देखिन्छ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।