– अर्जुन तिमिल्सिना
काठमाण्डौ । केही समययता बजार निरन्तर ओरालो लागिरहेको छ। छोटो समयमै उच्च विन्दु चुमेको बजार पुनः ओरालो लाग्न थालेपछि लगानीकर्ताहरुमा द्विविधा देखिएको छ। बजारले कुन दिशा लिन्छ भन्ने अन्यौलता लगानीकर्ताहरुमा देखिएको छ।
बजार पण्डितहरु भने बजार थोरै समयमै ह्वात्तै बढेकोले केही दिनयता करेक्सन आइरहेको दाबी गर्छन्। उनीहरु बुलिस ट्रेन्डमा रहेको बजारमा साना–तिना करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्।
यसबीच हामीले बजारका विभिन्न प्राविधिक औजारहरुलाई केलाउने प्रयास गरेका छौँ ।
बोलिंगर ब्यान्ड
बजारको हालको बोलिंगर ब्यान्डलाई आधार मान्ने हो भने मूल्यरेखाले विगतका केही कारोबारमा लोअर ब्यान्डलाई छोएको हुँदा बजार कुनै पनि बेला रिभर्स हुन सक्छ । स्मरण रहोस् यदि मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छुन्छ भने बजार घट्ने र तल्लो ब्यान्डलाई छुन्छ भने बढ्ने हुन्छ ।
आरएसआई विन्दु
आरएसआईलाई आधार मान्दा हाल बजारको आरएसआई ४०.७३ रहेको छ। जसको अर्थ बजार ओभर सोल्ड जोनमा छ र अघिल्लोपटक यो विन्दु ९४.८४ को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने बजारको आरएसआई ओभर सोल्ड जोन अर्थात ३० को नजिक रहेको छ । विगतको ट्रेन्डलाई हेर्दा बजार ओभर सोल्ड जोन नजिक पुगेपछि फेरि रिभर्स अर्थात् बढ्ने सम्भावना रहेको देखिएको छ।
एमएसीडी लाइन र हिस्टोग्राम
बजारको एमएसीडी र हिस्टोग्रामला आधार मान्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटिसकेको अवस्था छैन तर हिस्टोग्राम छोटोछोटो हुँदै गएकाले बजार केही समयमै रिभर्स हुने देखिन्छ।
मैनबत्ती विश्लेषण
बजारको अन्तिम कारोबारलाई आधार मान्दा कालो लामो मैनबत्ती बनेको छ। जसले घट्दो बजारलाई संकेत गर्छ। यो मैनबत्ती जति लामो भयो घट्दै जाने हुन्छ भने जति छोटो हुँदै गयो बजार बढ्दै जाने हुन्छ। यसलाई आधार मान्दा बजारको मैनबत्ती सानो तथा छोटोछोटो भएका छन् अर्थात बजार घट्ने क्रम कम हुँदै गएकोले लयमा फर्किन सक्ने देखिन्छ।
पिभट विश्लेषण
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– २४१८
प्रतिरोध २– २४४८
प्रतिरोध ३– २४९६
पिभट पेइन्ट– २४००
घटेमा सर्पोट
सपोर्ट १– २३७०
सर्पोट २– २३५२
सर्पोट ३– २३०४
समग्रमा विभिन्न प्राविधिक औजारहरुलाई केलाउँदा आरएसआई न्यून विन्दुमा आइसकेको तथा बोलिंगर ब्यान्डले लोअर ब्यान्डलाई छोएको हुँदा लगानीकर्ताहरु जुनसुकै बेला आक्रामक खरिददारीमा उत्रिनसक्ने देखिन्छ।
नोट : प्राविधिक विश्लेषण एउटा आधार र औजारमात्र हो। लगानीकर्ताहरुले लगानी गर्दा जहिले पनि आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago