काठमाण्डौ । आज सेयर बजार २००० को मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ। योसँगै ‘अब बजार कति तल आउला ?’ भन्ने कौतुहलता पनि आमलगानीकर्ता देखिन्छ। 

केही लगानीकर्ता बजार २००० को विन्दुभन्दा तल आउँदा खरिद पोजिसन लिँदै गरेको बताउँछन्। प्राविधिक हिसाबले पनि बजार २००० भन्दा तल आउँदा खरिदको पोजिसन लिनुपर्ने देखिन्छ। 

सबैभन्दा बलियो प्राविधिक आधार भनेको फिवानासीको ०.६१ प्रतिशतको लेभल हो। यो भनेको अघिल्लोपटकको आधार ११०० को विन्दुदेखि बजारले बनाएको ३१९८ सम्मको उच्च विन्दुमा फिवोनासी तानेर हेर्दा यस्तो तह भनेको १९६० को विन्दुमा पर्छ। (हेर्नुहोस् फिवोनासीको तस्बिरमा हरियो एरो)  

दोस्रो आधार भनेको नेप्सेको इलिअट वेभमार्फत बजारलाई नियाल्छौँ भने हाल इन्टरमिडियट डिग्रीको वेभ ‘सी’ चलेको देखिन्छ। यदि इलिअट वेभको वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तलाई टेकेर भन्ने हो भने वेभ ‘ए’ को लम्बाइ (३२२२–२२६०) लगभग १००० हजार प्वइन्ट हुन आउँछ। अब वेभ ‘सी’को लम्बाइलाई हिसाब गर्दा यो (२९६०–१०००) १९६० कै विन्दु हुन आउँछ। यो हिसाबले इलिअट वेभको वेभ ‘सी’ लगभग १९६० कै विन्दुको आसपासमा सकिने देखिन्छ।

त्यसैगरी दैनिक चार्टलाई पिभट प्वइन्टमा हेर्दा पहिलो सपोर्ट २०४६ मा देखिन्छ। जसलाई बजारले भत्काइसकेको छ। अबको दोस्रो सपोर्ट भनेको ०.६१ फिवानासीकै आसपास  १९५५ मा रहेको पाइन्छ। तेस्रो सपोर्ट भनेको १७८३ मा देखिन्छ। 

फिवोनासी र इलिअट वेभलाई संयुक्त रुपमा जोडेर हेर्दा बजारको अबको बलियो सपोर्ट भनेको १९६० मा देखिन्छ।