काठमाण्डौ। यो साताको तेस्रो कारोबार दिन बुधबार बजार लगभग १५ अंकले बढेको छ। हिजो मंगलबार पनि बजार १६ अंकले बढेको थियो। 

बजारलाई प्राविधिक रुपमा हेर्दा बोलिंगर ब्यान्डअन्तर्गत आवरली  चार्टमा आज मध्यब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

सामान्य तय बजारले उकालो यात्रा तय गर्दा मध्यब्यान्डमा प्रतिरोध सामाना गरेरमात्रै माथि लाग्ने गर्छ। (हेर्नुहोस् गोलाकारभित्र हरियो एरो) 

यो विन्दु भनेको किन पनि महत्वपूर्ण हुन्छ भने बजारले तल्लो ब्यान्डबाट माथिको यात्रा तय गरेपछि यहाँनेर आउँदा नाफाबुक पनि हुने सम्भावना हुन्छ। यदि बजार बढ्ने भएमा आगामी दिनमा बजार मध्यब्याडभन्दा माथि कारोबार हुनुपर्ने हुन्छ।  आगामी कारोबारमा बजार मध्यब्यान्डभन्दा माथि गएमा बुलिस र तल झरेमा पुनः बियरिसको यात्रा तय हुँदै गएको मान्न सकिनेछ।

म्याक्डीअन्तर्गत आज प्रस्ट रुपमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा बनेका छन्। (हेर्नुहोस् हरियो एरो) 

आरएसआई भने आज ५० को न्युट्रल जोनमा ठोक्किएर तल झरेको छ। यसले बजारमा अन्तिम आवरमा केही नाफबुक भएको बुझ्न सकिन्छ।