– अर्जुन तिमिल्सिना
काठमण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार बढ्यो भने १ दिन घट्यो।
अघिल्लो साता १९९२.६२ मा बन्द भएको बजार यो साता २००९.४७ मा बन्द भएको छ। यो हिसाबले यो साता बजार १६.८५ अंकले बढेको छ। अघिल्लो साता बजार ३६.१५ अंकले घटेको थियो।
यो साता सेयर बजारमा ९ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीेको करोबार भएको छ। अघिल्लो साता ६ दिन कारोबार हुँदा १५ अर्बको हाराहारीमा भएको थियो । साप्ताहिक रुपमा भने बजारमा १०४ अंकभन्दा बढीको उतारचढाव भएको छ।
इलिअट वेभका आधारमा
बजारको पछिल्लो अवस्थालाई २१५० देखि १९०८ सम्म फिवोनासी तानेर इलिअट वेभसँग जोडेर हेर्दा वेभ १ मा २१५४ सम्म, वेभ २ करेक्सन भएर २१०० र वेभ ३ मा बढोत्तरीसँगै २३०० र वेभ ४ मा करेक्सनका साथ २२४८ र वेभ ५ मा पुनः बढोत्तरीका साथ बजार यदि माथि जान्छ भने अबको यात्रा २५४८ सम्म हुन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासीका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। यसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।
यदि आगामी दिनमा बजर घटेमा ०.२३ प्रतिशतको टेवामा २०६३ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २०१२ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा१९७२ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा १९३० को विन्दुसम्म आउन सक्छ।
बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा
नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डमा मूल्यरेखाले एकपटक माथिल्लो ब्यान्डलाई छोएर तल झरेको छ । योसँगै बजारले मध्य ब्यान्डबाट तल झरेर पुनः र्दुइवटा कारोबारमा मध्य ब्यान्डभन्दा माथि नै सपोर्ट लिएको छ । (हेर्नुहोस् तस्बिरमा कोलो एरो)
त्यसैगरी म्याक्डीमा गएको २६ जुनमा बनेको बुलिस क्रसओभर अझै भ्यालिड रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा बनेका छन्।
त्यस्तै आरएसआई पनि न्यून विन्दु २० बाट फर्केर ५६ सम्म पुगेको र पुनः ३८ को तहमा झरेर फेरि माथिको यात्रा बनाउँदै ४८ को न्युट्रल जोनमा रहेको देखिन्छ । यी तीनवटै इन्डिकेटरका आधारमा बजारले विस्तारै माथिको यात्रा तय गरेको देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। आगामी साताका लागि पिभट प्वइन्ट २०४३ मा देखिन्छ। आगामी कारोबारमा यदि बजार यहाँभन्दा माथि जान्छ भने बुलिस यात्रामा रहेको बुझ्न सकिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– २०९८
प्रतिरोध २– २२०३
प्रतिरोध ३– २२५८
पिभट प्वइन्टः २०४३
घटेमा सपोर्ट
सपोर्ट १– १९३८
सपोर्ट २– १८८३
सपोर्ट ३– १७७७
निष्कर्ष
साप्ताहिक रुपमा यो साता नेप्से परिसूचक लगभग १७ अंक बढको छ। अघिल्लो साता भने बजार ३६ अंकले घटेको थियो। आधाभूत रुपमा पनि यो साताको पहिलो कारोबारमा भारी अंकको गिरावट आएको थियो। तर, बजार विस्तारै सम्हालिएको छ। यो साता असार मसान्तको क्लोजिङले पनि बजारमा केही दबाब परेको देखिन्छ। बैंकिङ सिस्टमा तरलता थपिएको, सीडी रेसियो घटेको र अब लाभांशको सिजन पनि सुरु हुने भएकोले पनि बिक्रीकर्ता स्वतः पछि हट्न सक्ने देखिन्छ।
इलिअट वेबका आधारमा बजार एउटा चक्र पूरा गर्दा बजार लगभग २५४८ को विन्दुसम्म पुग्न सक्ने देखिन्छ।
यस हिसाबले आगामी साता पनि सेयर बजारका लागि सुखद् नै रहने देखिन्छ।
मुख्यगरी आगामी साता राष्ट्र बैंकको मौद्रिक नीति पनि आउने भएकोले बजारलाई यसको प्रभाव पर्ने देखिन्छ। भलै चौतर्फी दबाब खेपेका गभर्नरले पुँजीबजार प्रतिकूल मौद्रिक नीति ल्याउने सम्भावना कमै देखिन्छ।
प्राविधिक रुपमा पनि बजार विस्तारै अप ट्रेन्डको यात्रामा रहेको देखिन्छ। इचिमोकु क्लाउड र सुपर ट्रेन्डले बजार बुलिस नभइसकेको देखिन्छ। यदि बजार बुलिस यात्रामा नै जान्छ भने आगामी साता बजारले पहिलेको २१५० विन्दुलाई तोडेर डाउ थेउरीअन्तर्गत दैनिक चार्टमा पनि बजारले हायर हाई बनाउँदै माथि जानुपर्नेछ । नजिकको प्रतिरोध भने बजारले २०८५ र २१५० मा सामाना गर्न सक्नेछ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो । यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ । यो कारोबारका लागि सिफारिस भने होइन ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19