काठमाण्डौ । सोमबार सेयर बजारमा कारोबार खुलेको पहिलो एकघण्टामा नेप्से परिसूचक २१ अंकले बढेको छ । 

यो अवधिमा कारोबार रकम पनि २२ करोडको हाराहारीमा पुुगेको छ । 

बजार खुलेलगत्तै दोहोरो अंकको उछालको गतिमा कुदेको बजार फेरि केही समयसम्म घटेर सामान्य अंकको बढोत्तरीमा मात्र सीमित बन्न पुुगेको थियो । तर, त्यसपछि फेरि बजारमा खरीद चाप देखियो र पहिलो एकघण्टा बित्दा दोहोरो अंकको वृद्धि हासिल भयो।

यो अवधिसम्म बिमा समूहको सूचकमा ३.२६ प्रतिशतको उछाल देखिएको छ । माइक्रो फाइनान्स समूह पनि ३ प्रतिशतकै हाराहारीमा बढेको छ भने बैकिङ, जलविद्युत, होटल, उत्पादनमूलक र अन्य समूहको सूचकमा पनि १ प्रतिशत भन्दा बढीको बढोत्तरी भएको छ । 

यो अवधिसम्म नवील बैंकले सबैभन्दा धेरै १ करोड १८ लाख बढीको कारोबार गरिसकेको छ ।