काठमाण्डौ । सरकारले लकडाउन खुुकुुलो बनाएसँगै धितोपत्र बजारसँग सम्बन्धित सरोकारवाला पक्षबीच छलफल गरी बजार सञ्चालनको निर्णय लिइने भएको छ ।
सरकारले लकडाउन खोलेर आर्थिक गतिविधि र जनजीवन सहज बनाइरहेका बेला नियामक नेपाल धितोपत्र बोर्डले भने आगामी आइतबार बजार सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै बजार खुुल्ने नखुुल्ने निर्णय लिने बताएको छ ।
बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाका अनुसार जेठ ३२ सम्म लकडाउन भएको र त्यसपछि भने बजार खोल्ने विषयमा सरोकारवाला पक्ष नेप्से, ब्रोकर र लगानीकर्ताहरुसँग छलफल गर्दै अर्थमन्त्रालयको रायअनुुुसार नै धितोपत्र बजार सञ्चालनका बारे निर्णय लिइनेछ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बोर्डको निर्देशनको प्रतिक्षामा रहेको र आवश्यक छलफलपछि बजार खोल्ने बताउँछन् । ‘हामी बजार खोल्न तयारी अवस्थामा नै छौं।’-उनले बिजशालासँग भने ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago