-भक्तराज रसाइली
काठमाण्डौ । विगत डेढ महिनादेखि लकडाउन जारी रहेका बेला अर्थमन्त्री डा.युुवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएसँगै नियामक बोर्ड र नेप्से अलमलमा परेका छन् ।
आगामी बैशाख २८ गतेदेखि धितोपत्र कारोबार सुुचारु हुने भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजार खुुल्ने र आवश्यक तयारीमा रहन यसअघि नै निर्देशन दिइसकेको छ । तर, उसको यो उर्दी मन्त्रीको निर्देशनबाट सिर्जित बाध्यताजस्तो मात्र देखिन्छ ।
यहीकारण नेप्सेका अधिकारीहरु बजारलाई सामान्य अवस्थामा खुलाउने विषयमा अझै अन्यौलमै रहेका देखिन्छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आफूहरु बजार खुलाउन तयार भए पनि लकडाउन जारी रहेको अवस्थामा अनलाइन कारोबार मात्र संभव हुने प्रष्ट्याउँछन् । ‘नेप्सेका तर्फबाट सिस्टम अन गर्न कुनै समस्या नरहेको र सिडिएससीको पनि तयार नै छ।’नेप्से प्रवक्ता मुुराहरि पराजुुलीले बिजशालासँग भने–‘लकडाउनबारे अन्यौल रहेकाले हामीले अनौपचारिक छलफलहरु गरिरहेका छौं । खुुलिहाले पनि अनलाइन कारोबार भने सञ्चालन हुुन्छ ।’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले अनलाइन कारोबार प्रणालीमा जोड दिइरहेका छन् । अफलाइनबाट सेयर कारोबार गरिरहेका लगानीकर्ताहरुले प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन कारोबारमा अपनाउनुुपर्ने उनको भनाइ छ । ‘अहिले नै सेयर कारोबार खुुल्ने नखुुुल्ने बारे केही भन्न सक्ने अवस्था छैन । अब लकडाउनको कस्तो मोडालिटी हुुुने वा सरकारले सहजीकरण गरिदिएको खण्डमा सेयर बजार खुुल्न पनि सक्छ।’–ढुुंगानाले भने ।
नेप्सेको अनलाइन कारोबार प्रणालीमा एनसीएचएल(नेपाल क्लियरिङ हाउस) पनि आबद्ध छ । धितोपत्र किनबेचमा रकम भुुुक्तानीका लागि हाललाई एनसीएचएलको कनेक्ट आइपीएस र आइपीएस सेवा उपलब्ध भइरहेको एनसीएचएलका सीइओ निलेशमानसिंह प्रधानको भनाइ छ । धितोपत्र कारोबारका लागि कारोबार रकमको सीमाले नरोक्ने उनको दाबी छ । ५० वटा ब्रोकर कम्पनीमध्ये हाल ४४ वटा ब्रोकर कम्पनीहरु नेप्सेको टीएमएस(ट्रेडिङ म्यानेजमेन्ट सिस्टम)मा आवद्ध रहेको उल्लेख गर्दै आईपीएसबाटै पनि सहजै रकम हस्तान्तरण गर्न सकिने प्रधान दाबी गर्छन् ।
कनेक्ट आइपीएसबाट प्रतिकारोबार १० लाख रुपैयाँ तथा मल्टिपल बैंकबाट भने ५० लाख रुपैयाँ गर्न ट्रान्सफर गर्न मिल्ने र आइपीएसबाट २० करोड रुपैयाँ कारोबार गर्न सकिने उनले जानकारी दिए । कनेक्ट आइपीएस रियल टाइम र आइपीएस चाहिँ सेटलमेन्टपछि हुुने वा एउटा कटअफ समयमा हुुने उनले सुुुनाए ।
कनेक्ट आइपीस, आइपीएसमा क्रमशः ५५ र ६५ बैंक तथा वित्तीय संस्था आवद्ध रहेका एनसीएचएलले जनाएको छ ।
धितोपत्र कारोबार सुुचारु हुुन ब्रोकर कम्पनीहरुमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु अफिससम्म आइपुुग्ने अवस्था र वातावरण अतिआवश्यक रहेको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् । लकडाउनले गर्दा ब्रोकर कम्पनीका करिब ३५० कर्मचारी हाल उपत्यकाबाहिर गएको जिकिर गर्दै प्रत्येक ब्रोकर कम्पनीहरुलाई ५ पास अति आवश्यक रहेको र यसको समन्वय र सहजीकरण गरेमा कार्यरत कर्मचारीलाई बिहान बेलुुकी यातायातको व्यवस्था गरेरै सेवा दिन सकिने उनको तर्क छ ।
लकडाउनकै अवस्था रहिरहेमा धितोपत्र खरिदबिक्री गर्न निकै असहज हुुने र अनलाइन कारोबारीहरु केबल २२ हजार हाराहारी मात्र भएकाले बजारको समग्रता प्रतिनिधित्व नहुुने भएकाले चलखेलको खाडल झन् ठूूूलो हुुने जानकारहरुको भनाइ छ । सेयर बजार खुुुल्नुुपर्ने विश्वव्यापी मान्यता भए पनि अनलाइन प्रणालीमा पूूर्णता नभएकाले धितोपत्र किनबेच कोरोना महामारी र लकडाउनको अवस्थामा गाह्रो हुुन सक्ने जानकार दाबी गर्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago