काठमाण्डौ । सेयर बजार पछिल्लो कालमा रहस्यमय ढंगले घटिरहेको छ । बजार घट्नुलाई अन्यौल थपिएको देशको राजनीति र त्यसले पार्ने प्रभावलाई मुख्य रुपमा हेरिएको छ । तर यही मात्र एक कारण हो त बजार घट्ने ?
बजार घटाएर सस्तोमा सेयर उठाउने र आफुलाई पायक पर्ने गरी फेरि बढाउने खेल नेपाली सेयरबजारमा वर्षौदेखि चल्दै आएको छ ।
कतिपय विश्लेषक र स्रोतहरुको भनाईलाई मान्ने हो भने उछालको गतिमा अगाडि बढेको बजार नियोजित ढंगले घटाइँदैछ । ठुला र चलखेल गर्नसक्ने लगानीकर्ताहरुले नियोजित रुपमै बजार घटाउने खेल खेलिरहेका छन् । बजार घटाएर सस्तोमा सेयर उठाउने र आफुलाई पायक पर्ने गरी फेरि बढाउने खेल नेपाली सेयरबजारमा वर्षौदेखि चल्दै आएको छ ।
कतिपय विश्लेषक चाहि बजार फेरि घटेर न्युन बिन्दुमा आउनसक्ने डरका कारण १७ सय माथि पुगेको बजारमा राम्रो भाउमा सेयर बिक्री गरेर नाफा बुक गर्नेबीच होडबाजी चलेका कारण नेप्से परिसुचकमा पहिरो जान थालेको बताउँछन् ।
स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालको भनाईमा स्थानीय निर्वाचन बैशाख ३१ गते नहुने आशंकाले लगानीकर्ता त्रस्त भएका र निर्वाचन नभएकै कारण बजार घट्ने आशंकामा थोरै फाइदा लिएर सेयर बिक्रीको हतारो गर्दा समग्र बजारमा प्रभाव परेको हो । ‘हिजोको दिनमा जसले घट्दो बजारमा लगानी गरेका थिए, उनीहरुले १७ सयको हाराहारीमा नेप्से पुग्दा राम्रै फाइदा भइसकेको छ ।’ उनले भने–‘बजार भोलिको दिनमा घटेर निकै तल पुग्यो भने यही नाफा समेत गुम्ने डरले उनीहरुले अहिले सेयर बिक्रीको चाप बढाएका छन् ।’
पौड्यालका अनुसार केही समयअघिसम्म बैंक तथा बित्तीय संस्था र अन्य कम्पनीको तेश्रो त्रैमासिक रिपोर्ट आउने र यसले समेत सेयर बजारलाई थप चलायामान बनाउने, निर्वाचनको सुनिश्चितताका कारण बजार अझ माथि जाने गरी लगानीकर्ताको आत्मबल उच्च हुने अवस्था रहे पनि अहिले यसको ठीक उल्टो अवस्था भएको छ । ‘हिजोको अवस्थामा बढेको लगानीकर्ताको आत्मबल फेरि कमजोर हुन थालेको छ ।’ पौड्यालले बिजशालासँग भने–‘राजनीतिक अस्थिरताको संकेत देखिएको छ, यसले बजार थप घट्नसक्ने त्रासमा लगानीकर्ता छन् ।’
उनको भनाईमा बजार अझ बढ्ने आशामा पर्खिएर बसेका लगानीकर्ता समेत राजनीतिक परिस्थिति बिग्रिएपछि सेयर बिक्रीको दौडधुपमा छन् । यसले समेत बजारमा मागको तुलनामा उच्च आपुर्तिको अवस्था सिजर्ना गरी बजार घटाइदिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19