काठमाण्डौ । आज साताको पहिलो कारोबारदेखि नै घट्न थालेको बजार अन्तिम समयमा केही सम्हालिए पनि २४ अंकले घटेर बन्द भएको छ । 

आज कारोबार समयमा ब्रोकरहाउसमा भेटिएका केही लगानीकर्ताहरुले राजनीतिक अन्यौलतालाई देखाएर बाठाले बजारबाट सस्तोमा सेयर कुम्ल्याइरहेका दाबी गरे । सरकारमा जो आए पनि बजारलाई ठूलो असर नगर्ने भन्दै उनीहरुले सर्वसाधारणलाई तर्साएर निश्चित समूहले आफ्नो स्वार्थ पूरा गर्ने थलो सेयरबजारलाई बनाइरहेको भन्नेसम्मका आरोप लगाए । 

सामान्य लगानीकर्ताहरुले यसो भनिरहँदा बजारमा चलखेल गर्न खप्पीस ब्रोकरहरुले भने बजारबाट ठूलो परिमाणमा सेयर उठाउन थालेको देखिन्छ । आजको फ्लोरसिट हेर्दा केही ब्रोकरहरुको बिक्रीभन्दा खरीदको आकार ठूलो देखिएको हो । 

बजारमा सधैं खुलेआम चलखेल गर्ने आरोप खेप्दै आएको नाशा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८)ले केही दिनअघिदेखि नै खरीदको गतिलाई बढाइरहेको थियो । आज पनि उसले त्यही रणनीतिलाई निरन्तरता दिएको देखियो । नाशाले आज २४  करोड ६० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ । जब कि यो ब्रोकर कम्पनीले आज १६ करोड २ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ । यसरी हेर्दा नाशाले पछिल्ला दिनहरुमा बिक्री कम र खरीद ज्यादा गरिरहेको छ । अर्थात, सेयरमूल्य घटेको मौकामा बजारबाट धमाधम सेयर उठाइरहेको छ । 

कारोबारका हिसाबले आज दोस्रोमा दक्षिणकाली ईन्भेष्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) रहेको छ। यो ब्रोकरले पनि आज सेयर खरीद नै बढी गरेको देखिन्छ । यो ब्रोकर कम्पनीबाट आज १५ करोड ५४  लाख रुपैयाँको सेयर खरिद भएको छ भने ३ करोड ५७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ । 

तेस्रोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरमार्फत चाहिँ सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ छ। यो ब्रोकरले ९ करोड ५९ लाख रुपैयाँबराबर सेयर बिक्री गरेको छ भने ९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरीद गरेको छ। 

त्यसैगरी, चौथो स्थानमा रहेको कोहिनुर ईन्भेष्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)को पनि बिक्री नै बढी देखिएको छ। यो ब्रोकरमार्फत १० करोड ८३ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ७ करोड २४ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

पाँचौ स्थानमा थराईभ ब्रोकरेज हाउस  (स्टक ब्रोकर नं. १३ ) रहेको छ। यो ब्रोकरमार्फत १४ करोड ९८ लाख रुपैयाँको बिक्री गरेको छ भने २ करोड ८९ लाख रुपैयाँको खरिद गरेको छ। 

कारोबारका हिसाबले भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) छैठौँ स्थानमा छ। यो ब्रोकरले ८ करोड २० लाख रुपैयाँबराबरको सेयर बिक्री तथा ७ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ । 

सातौँ स्थानमा रहेको आर्यतारा ईन्भेष्टमेन्ट   सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)ले खरिद  भन्दा सेयर विक्री  बढी गरेको देखिन्छ। यो ब्रोकरले ५ करोड ९८लाख रुपैयाँको सेयर बिक्रि  गरेर  ५ करोड ११ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

त्यसैगरी, अग्रवाल  सेक्युरिटिज (स्टक ब्रोकर नं. ६) आठौँ स्थानमा छन्। यो ब्रोकरको खरिदतर्फ ६ करोड ९ लाख रुपैयाँ तथा विक्रीतर्फ ४ करोड ७५ लाख रुपैयाँ रहेको छ। 

नवौँमा रहेको अनलाइन  सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९ ) ले ५  करोड  ९० लाख बराबरको सेयर खरिद  गरेर ४ करोड ८४ लाख रुपैयाँबराबरको सेयर विक्री  गरेको छ। यसले खरिद बढी गरेको छ । 

कारोबारका हिसाबले दसौँ स्थानमा दिपशिखा धितोपत्र कारोबार(स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरमार्फत आज ५ करोड ३० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ५ करोड २१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिन्छ।