काठमान्डौ । साताको चौथो काराबारको दिन आज दिनैभर नकारात्मक रहेको बजार १४.४४ अंकले घटेर बन्द भएको छ। 

ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरुले बैंकले ब्याजदर केही घटाए पनि अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दीको हल्लाले लगानीकर्ता डराउँदा नेपालको सेयर बजारमा करेक्सन आएको बताएका छन्। तर, अब केही दिनमा सरकारले पूर्णता पाएपछि अन्यौल हट्दै जाने हुँदा बजारमा लगानी बढाउँदै जानुपर्ने उनीहरुको भनाइ छ। 

आज घटेको बजारमा उच्च कारोबार गर्ने १० ब्रोकरमा ५ वटाको सेयर खरिद र ५ वटाको बिक्री बढी देखिएको छ। 

आज उच्च कारोबार गर्नेमा ब्रोकरको सूचीको पहिलो स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। अनलाइनको सेयर बिक्रीभन्दा खरिद बढी देखिन्छ। अनलाइनले ११ करोड ४३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने ९ कारोड ७२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ। 

यसैगरी कारोबारका हिसाबले दोस्रो नम्बरमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) रहेको छ। एबीसीले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले १० करोड ६८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ७२ लाख रुपैयाँबराबरको मात्र खरिद गरेको छ। 

उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) आज तेस्रो स्थानमा रहेको छ। नासाले ८ करोड १५ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ५ करोड ४ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। नासाको खरिद बढी देखिएको छ। 

उता चौथो स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) रहेको छ। श्रीकृष्णको सेयर खरिदभन्दा बिक्री बढी देखिएको छ। यो ब्रोकरले ७ करोड १३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ९९ लाख रुपैयाँबराबरको मात्र खरिद गरेको छ। 

पाँचौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। भिजनले ६ करोड ६२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरे ४ करोड ७१ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

कारोबारका हिसाबले इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) छैटौँ स्थानमा छ। यो ब्रोकरले ४ करोड ९५ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ४ करोड ८४ लाख रुपैयाँबराबरको सेयर बिक्र,ी गरेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। 

सातौँ स्थानमा रहेको डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४)को भने सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ३ करोड ५० लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

यस्तै कारोबारका हिसाबले दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) आठौँ स्थानमा छ। यो ब्रोकरको ४ करोड २३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ३४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

नवौँमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)ले ३ करोड ५८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ९८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यस हिसाबले सनीको सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। 

कारोबारका हिसाबले दसौँ नम्बरमा त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८) रहेको छ। यो ब्रोकरले ३ करोड ३८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ११ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।