काठमाण्डौ । लगातार ४ दिन घटेको सेयर बजार आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु अब बजारका लागि खराब सकिएको र राम्रा समाचार आउन लागेको बताउँछन्। बजारमा हल्ला गरेजस्तो बैंकहरुको तेस्रो त्रैमासको रिपोर्ट नराम्रो नआउने उनीहरुको विश्वास छ। ‘हल्लाको असर लगभग सकियो, अब आउने दिन बजार सकारात्मक बाटोमा हिँड्छ’, उनीहरु भन्छन्। 

आज बजार बढ्दा उच्च कारोबार गर्ने १० ब्रोकरको सूचीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) शीर्ष स्थानमा छ। नासाले १४ करोड ७५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ४ कारोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। नासाको बिक्री बढी देखिन्छ। 

कारोबारका हिसाबले दोस्रो नम्बरमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ८ करोड १६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड १८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

तेस्रो स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८ ) रहेको छ। श्रीकृष्णले ५ करोड ७२ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ३ करोड ३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। 

भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) चौथो स्थानमा रहेको छ। भिजनले ५ करोड २६ लाख रुपैयाँको सेयर खरिद गरेर २ करोड २६६ लाख रुपैयाँको बिक्री गरेको छ। 

उच्च कारोबार गर्ने ब्रोकरको सूचीको पाँचौँ स्थानमा कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) रहेको छ। कोहिनुरको सेयर बिक्री बढी देखिएको छ। यो ब्रोकरले ५ करोड ५ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा १ करोड ५४ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

कारोबारका हिसाबले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) छैटौँ स्थानमा छ। यो ब्रोकरले ३ करोड ३३ लाख रुपैयाँबराबरको सेयर खरिद तथा २ करोड ६० लाख रुपैयाँबराबरको सेयर बिक्रि गरेको छ। यो ब्रोकरले खरिद बढी गरेको छ। 

सातौँ स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं.२८)ले सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले २ करोड ८९ लाख रुपैयाँको सेयर खरिद गरेर २ करोड ८६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

डाइनामिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) आठौँ स्थानमा छ। यो ब्रोकरको खरिदतर्फ ३ करोड १२ लाख रुपैयाँ तथा बिक्रीतर्फ २ करोड ६० लाख रुपैयाँ रहेको छ। 

कारोबारका हिसाबले नवौँ स्थानमा श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६) रहेको छ। यो ब्रोकरले ३ करोड ५३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड ४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

दसौँ स्थानमा रहेको एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) ले ३ करोड ७१ लाखबराबरको सेयर खरिद गरेर १ करोड ७५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरको सेयर खरिद बढी देखिएको छ।