काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

आज ब्रोकर हाउसमा भेटिएका लगानीकर्तारुले बजार घट्नुको मुख्य कारण बैंकहरुको त्रैमासिक वित्तीय विवरण सन्तोषजनक नआउनु नै रहेको बताएका छन्। तर, बजारमा हल्ला गरेजस्तो नराम्रो वित्तीय विवरण भने नआएको उनीहरुले बताए। यसको असर विस्तारै हराउँदै जाने र अब आउने दिन बजार सकारात्मक बाटोमा हिँड्ने उनीहरुको विश्वास छ। 

बजार आज घट्दा उच्च कारोबार गर्ने शीर्ष १० को सूचीको पहिलो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ७ करोड ५३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ६ कारोड ९० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। 

कारोबारका हिसाबले दोस्रोमा आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ६ करोड ११ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ४ करोड २५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

तेस्रो स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) रहेको छ । यो ब्रोकरले ५ करोड २० लाख रुपैयाँबराबर सेयर खरिद गरेर ३ करोड ८३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। यसको खरिद बढी देखिएको छ। 

भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) कारोबारका हिसाबले चौथो स्थानमा छ। भिजनले ४ करोड ७२ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ३ करोड ७१ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

पाँचौ स्थानमा डाइनामिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरले ४ करोड ४८ लाख रुपैयाँको सेयर बिक्री गर्दैै ३ करोड ३२ लाख रुपैयाँको सेयर खरिद गरेको छ। 

त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८) छैटौँ स्थानमा छ। यो ब्रोकरको पनि खरिदभन्दा बिक्री बढी देखिएको छ। यो ब्रोकरले ४ करोड ९७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर १ करोड ९८ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

सातौँ स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं.४५)ले सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ३ करोड ४९ लाख रुपैयाँको सेयर खरिद गरेर ३ करोड २२ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

कारोबारका हिसाबले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) आठौँ स्थानमा छ। यो ब्रोकरले ३ करोड ३९ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा २ करोड ७४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। 

उच्च कारोबार गर्नेको सूचीको नवौँमा दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरले २ करोड ९० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। 

दसौँ स्थानमा क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०) ले ३ करोड २६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर १ करोड ८५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरको बिक्री बढी देखिएको छ।